Connect with us

Offbeat

क्रिसमसले सजिएको काठमाडौँ (तस्विरहरु)

Published

on

इसाई धर्मका अनुयाईहरूले यतिबेला विश्वभर क्रिसमस डे हर्षोल्लासका साथ मनाई रहेका छन्।

क्रिसमस डे को रुपमा डिसेम्बर २५ मा नेपालमा पनि सार्वजनिक विदा दिइएको छ भने शहरका हरेक ठाउँमा क्रिसमसको उल्लास देखिन्छ।

यसै विच क्रिसमसको पुर्वसन्ध्यामा काठमाडौँका सपिङ सेन्टरहरुमा झिलिमिली बत्तिले सजाइएका छन् भने यशु क्रिष्टसंग सम्वन्धित विभिन्न वस्तुहरु सजाइएको छ।

काठमाडौँ र ललितपुरका केहि सपिङ्गमलहरुमा सोमबार साँझ देखिएको केहि मनोरम दृश्यहरु :

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Offbeat

लगनखेलमा पुननिर्माण हुदै गरेको सप्तपाताल पोखरी

Published

on

ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ।

नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीलाई त्यसको पुरानै लिच्छविकालीन स्वरूपमा फर्काउने प्रयास भएको हो।

ललितपुर महानगरपालिकाले यो महत्वपूर्ण पुनर्निर्माणको जिम्मा लिएको छ।

सर्वोच्च अदालतले नमूना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको जग्गा दर्ता खारेज गरेपछि र १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातालको नाममा बनेपछि पुनर्निर्माणको बाटो खुलेको हो।

लगनखेल बसपार्क नजिकै अशोक स्तूपसँगै रहेको सप्तपाताल पोखरी कुनै समय करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको थियो।

तर, समयक्रमसँगै अतिक्रमणका कारण यसको क्षेत्रफल डेढ-दुई रोपनीमा खुम्चिएको थियो। बचेको भाग पनि पानीविहीन भई घाँसघारी र फोहोरको थुप्रोमा परिणत भएको थियो।

यो हराउँदै गएको सम्पदालाई पुरानै अवस्थामा फर्काउन स्थानीय पूर्ण स्थापितले १५ वर्ष लामो कानुनी लडाइँ लडेका थिए। विशेषगरी, नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी जग्गा अतिक्रमण गरेको थियो। पूर्ण स्थापितले पोखरीको जग्गा पोखरीलाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

२०७६ असार २३ गते, सर्वोच्च अदालतले अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो। सोही आदेशको पालना गर्दै हाल सप्तपाताल पोखरीलाई त्यसको ऐतिहासिक स्वरूपमा फर्काउने काम भइरहेको छ, जसले गर्दा ललितपुरको एउटा महत्वपूर्ण सम्पदाले नयाँ जीवन पाएको छ।

Continue Reading

Feature

चोभार गल्छी विवाद के हो ? भिडियो

Published

on

काठमाडौंको चोभार गल्छी आसपासबाट गेग्रान तथा ढुंगा हटाउने सरकारी योजना विवादमा परेको छ।

काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहरी विकास मन्त्रालयसँग मिलेर ढुंगा हटाउने तयारी गरे पनि स्थानीयको विरोधपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

सहरी विकास मन्त्रालयले नेपाली सेनाको सहयोगमा चोभार गल्छी सफा गर्ने योजना बनाएको थियो। तर कीर्तिपुर र खोकनावासी आन्दोलित बनेका छन्।

उनीहरूले गल्छीको प्राकृतिक संरचना र ऐतिहासिक सम्पदा संकटमा पर्ने तर्क गर्दै विरोध जनाइरहेका छन्। सम्पदा अभियन्ताहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध जनाएका छन्।

स्थानीयले गल्छीलाई ‘न्हुछिकाप’ भनेर चिन्ने गर्छन्।

गत वर्ष मनसुनको समयमा असोज १०–१३ गतेको भारी वर्षाले बागमती, विष्णुमती, र नख्खु खोलाका किनार क्षेत्रहरू डुबानमा परेका थिए।

सो घटनालाई दृष्टिगत गर्दै चोभार गल्छी साँघुरो भएको र ठूला ढुंगाले पानीको बहाव रोक्ने भन्दै सफा गर्ने तर्क गरिएको हो।

तर स्थानीयको कडा विरोधका कारण योजना अहिले स्थगित छ।

Continue Reading

Offbeat

महाराजगञ्ज-चप्पल कारखाना खण्ड चक्रपथ विस्तार

Published

on

काठमाडौँ,असार १७

काठमाडौंको नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको चक्रपथ विस्तार कार्य हाल धमाधम चलिरहेको छ। चीन सरकारले चक्रपथको दोस्रो खण्ड (कलंकीदेखि बसुन्धरासम्म) निर्माण गर्ने भएपछि सोही मापदण्डबमोजिम नेपाल सरकारको सडक विभागले यस खण्डको विस्तार अघि बढाएको हो।

विशेष गरी, महाराजगञ्जदेखि चप्पल कारखानासम्मको ७०० मिटर लामो खण्ड अहिले निर्माण भइरहेको छ। यो खण्डलाई सर्भिस ट्र्याकसहित १० लेनको फराकिलो सडक बनाउने योजना छ। यो महत्त्वपूर्ण खण्ड यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

यद्यपि, हालसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। सडक विभागका अनुसार, वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो। यस खण्डको निर्माण कार्य अम्बुजा-एसके-काली जेभी काठमाडौं ले गरिरहेको छ।

यस परियोजनाको सुस्त प्रगतिले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप चुनौती निम्त्याउन सक्ने देखिन्छ। निर्धारित समयमै काम सम्पन्न गर्नका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com