Site icon Street Nepal

सन्देश सुबेदीको नयाँ गीत ‘अलि अलि बोल्दैमा’[भिडियो]

विराटनगरमा रहेर संगीत सिर्जना गरिरहेका गायक सन्देश सुबेदीले नयाँ गीत ‘अलि अलि बोल्दैमा’ सार्वजनिक गरेका छन्।

लोक–पप शैलीको रोमान्टिक गीतमा शब्द, संगीत र स्वर स्वयं सुबेदीको छ। उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतको भिडियो निश्चल राणाले निर्देशन गरेका हुन्।

भिडियोमा भाइरल हुड डान्स टिमका कलाकारसँगै ग्रेसी मास्के श्रेष्ठको अभिनय छ। छायांकन तथा सम्पादन ऋतिक शाहले गरेका हुन्।

आफ्नो सांगीतिक शैलीभन्दा फरक प्रयोगका रूपमा गीत तयार पारेको सुबेदीले बताएका छन्।

Exit mobile version