नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरिएको छ।
एमएडब्लु राइड्सले सार्वजनिक गरेको नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ। यसअघि कालो, नीलो, रातो र खरानी रंगमा उपलब्ध यो मोटरसाइकल अब पाँचवटा रंगमा पाइनेछ।
रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको एक्सएसआर १५५ को नयाँ रंग सार्वजनिकसँगै फेस्टिभलमा जापानी कला, संगीत र संस्कृतिका विभिन्न प्रस्तुतिसमेत राखिएका थिए।

