बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि यातायात सेवा पुनः सञ्चालन गर्न बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ।
पुलको गोरखातर्फको २२ मिटर भाग बाढीले बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ। यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण भइरहेको छ।
निर्माण कार्य आजै सम्पन्न गरी बेलिब्रिज जोड्ने तयारी गरिएको छ। बेलिब्रिज सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध गोरखा–धादिङ जोड्ने सडकमा यातायात सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।
तस्बिर : साइराम उपरकोटी / नेपाल फोटो लाइब्रेरी
