Auto
बजाजको अफर : पुरानो बाइक ल्याउनुहोस्, नयाँ बाइक लिएर जानुहोस्
काठमाडौं । बजाज एक्सचेन्ज कार्निभल अन्तर्गत बजाजले काठमाडौंको भृकुटीमण्डपमा विशेष एक्सचेन्ज मेला सञ्चालन गरेको छ । गत सोमबार गतेदेखि सुरु भएको मेला आगामी आइतबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
बजाजका सेल्स एचओडी नरेन्द्र गौतम का अनुसार मेलामा उपत्यकाभित्रका २२ भन्दा बढी भ्यालुएटर सहभागी रहेका छन् । मेलामा ग्राहकहरूले जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर ल्याएर नयाँ बजाज मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार एउटै डिलर वा स्टलबाट मात्र एक्सचेन्ज गर्नुपर्ने बाध्यता नरहेको र ग्राहकले विभिन्न स्टलमा गएर आफ्नो सवारीको भ्यालुएसन गराउन सक्नेछन् । “ग्राहकले आफूलाई उपयुक्त मूल्य पाएपछि नयाँ मोटरसाइकल लिएर जान सक्नुहुन्छ,” उनले भने ।
मेलाको अर्को विशेष आकर्षण भनेको अन-द-स्पट फाइनान्स सुविधा रहेको छ । बजाजले हुलास फाइनान्समार्फत नागरिकताको आधारमा सहज फाइनान्स सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
त्यस्तै, “जरिवाना र कर, बजाजले गर्छ कभर” भन्ने योजनाअन्तर्गत लामो समयदेखि कर नतिरेका वा जरिवाना लागेको मोटरसाइकललाई पनि एक्सचेन्जमा समावेश गरी कर तथा जरिवाना बजाजले नै व्यहोर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
मेलामा नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकलाई फ्री एसेसोरिज अन्तर्गत हेल्मेट, लेगगार्ड लगायतका सामग्री पनि उपलब्ध गराइँदैछ ।
आयोजकका अनुसार मेलामा ग्राहकको आकर्षण बढ्दो रहेको छ ।
You must be logged in to post a comment Login