Auto
पोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु
पोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको छ। साउन ३ गतेदेखि ८ गतेसम्म पोखराको अमरसिंह स्कुलको खेलमैदानमा सञ्चालन भइरहेको यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्रै बजाजका मोटरसाइकल तथा स्कुटर न्यूनतम डाउन पेमेन्टमा र ५ वर्षसम्मको फाइनान्स सुविधासहित खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार मेलामा शून्य सेवा शुल्क (Zero Service Charge), अन-द-स्पट फाइनान्स, पुरानो सवारीसाधनको मूल्यांकनमा थप ७ हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन तथा आकर्षक नगद छुटको व्यवस्था गरिएको छ।
यस मेलामा कुनै पनि कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न सकिनेछ। ग्राहकहरूको पुराना सवारीसाधनको उचित र उच्चतम मूल्यांकन गर्न कम्पनीले अनुभवी तथा दक्ष भ्यालुएटरको व्यवस्था गरेको जनाएको छ। मूल्यांकनपछि कम्पनीको तर्फबाट थप ७ हजार रुपैयाँसम्म बोनस भ्यालुएसन पनि उपलब्ध गराइनेछ।
कम्पनीका अनुसार यस योजनाले मोटरसाइकल खरिदका क्रममा आवश्यक पर्ने घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोत प्रमाणपत्रजस्ता कागजातको झन्झट हटाएको छ। किस्ताबन्दीमा खरिद गर्न चाहने ग्राहकले नागरिकताको आधारमा मात्र आवेदन दिएर करिब एक घण्टाभित्रै लोन स्वीकृत गराई सरल फाइनान्समार्फत सुविधा लिन सक्नेछन्।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को आयोजनामा भइरहेको यो ‘बजाज झ्याम्मै एक्सचेन्ज मेला’ नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज योजनामध्ये एक भएको कम्पनीको दाबी छ।
बजाज पोखराका सञ्चालक आघोषमान बुद्धाचार्यका अनुसार मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटरको उच्चतम मूल्यांकन गरी बजाजका नयाँ मोडेल सहज रूपमा खरिद गर्न सकिनेछ। साथै, मेलाबाट बजाजको विद्युतीय स्कुटर चेतक (Chetak) पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
You must be logged in to post a comment Login