Model Aayusa Rai
Offbeat
बागमती सफाई
काठमाडौं महानगरपालिकाले सम्भावित क्षतिलाई न्यूनीकरण गर्न पूर्वतयारी थालेको छ।
बागमती नदीमा जलस्तर बढ्नुअघि नै महानगरपालिकाले डोजर प्रयोग गरी नदीको बहावमा अवरोध पुर्याउने माटोका ढिस्का र फोहोर हटाउन सुरु गरेको छ।
मंगलबार बिहान बल्खु क्षेत्रमा डोजरले नदीबाट माटो र फोहोर निकालिरहेको थियो। सामान्य वर्षा हुँदा पनि पानीको सतह किनारासम्म नपुगोस् भन्ने उद्देश्यले नदीलाई खेतलेर केही गहिरो बनाउने काम पनि भइरहेको छ।
गत वर्षको बर्खामा बागमती नदीले काठमाडौं उपत्यकामा ठूलो क्षति पुर्याएको थियो। अ
अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेर बल्खु, थापाथली, र युएन पार्क लगायतका तटीय क्षेत्रहरू डुबानमा परेका थिए, जसले गर्दा सडकहरू समेत जलमग्न भएका थिए।
बागमतीमा बर्खामा पानीको सतह बढ्ने र तटीय क्षेत्रहरू डुबानमा पर्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।





Feature
डल्ले खोला

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’को नियमित मञ्चन भईरहेको छ।
नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित नाटकलाई रंगकर्मी वेदना राईले परिकल्पना तथा निर्देशन गरेकी छिन्।
यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश गरिएको कथा हो।
नदीको कथामा बनेको ‘डल्ले खोला’ ले नदी/खोलाको नाममा भइरहेको विकृति र भ्रष्टाचारलाई प्रतिबिम्ब बनाएको निर्देशक राईले बताइन्।
‘नाटकमा नदी पानी मात्र होइन। यो स्मृति हो। विवेक हो। हामीले सुन्न बन्द गरेको आवाज हो।’ उनले भनिन्, ‘नाटकमा हामीले विकासको नाममा नदीमाथि राजनीतिज्ञहरूले गर्ने भ्रष्टाचारको प्रतिबिम्बलाई उजागर गरेका छौँ।’













#डल्लेखोला #DalleKhola #शिल्पीथिएटर #NepaliTheatre #TheatreForChange #नदीकोकथा #NepaliDrama #ParshuPradhan #VedanaRai #नाटक #सामाजिकसन्देश #EnvironmentAwareness #विकासविरोधीभ्रष्टाचार #SaveOurRivers #कला_द्वारा_सचेतना
lifestyle
गुरुङ जातीको एउटा मौलिक परम्परा

गुरुङ जाति, गुरुङ समुदाय वा तमु नेपालको पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भुमिपुत्र मंगोल वर्ण को समुदाय हुन्।
मुख्यतय गुरुङ समुदाय गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ।
कोही बागलुङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाहरूमा र माछापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ।
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै विशिष्ट परम्परा अझैसम्म रहेको पाइन्छ।

यस जातिको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तर्गत, गुरुङहरूको मुल चाड पर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, चैते दशैं, खेकु माँङी थेब त्ह्ये (वैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।
यो गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने बार्पाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ मा पर्ने जराङ्ग गाउँको गुरुङ समुदायको चैते दशैँको पुजा हो।
प्रकृतिपुजक गुरुङ समुदायको पितृ तथा देवताहरु पौराणिककाल देखि नै वोन धर्म अनुसार बन जंगलमा नै हुन्छन। उनीहरु यसरि नै चाड वाडमा गोठ जंगलमा गैर सामुहिक रुपमा पुजाआजा गर्ने गर्छन। यो नै गुरुङ समुदायको मौलिक धर्म संस्कृति परम्परा हो।
साविक पन्द्रुङ्ग गाविस वडा नम्बर १ मा पर्ने यो गुरुङ समुदायले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत संस्कृतिलाई निरन्तरता दिएको छ। यस्तो संस्कृति सम्पदा नै उनीहरुको मौलिक सम्पत्ति हो। नयाँ पुस्ताले सिक्न र आफ्नो धर्म सस्कृति रितिरिवाज जान्न यस्ता चाड वाड मनाईराख्न जरुरि छ। यो गुरुङ समुदायको आफ्नो परम्परा भए पनि यसले सिंगो नेपालको अस्तित्व वोकेको छ।
-
lifestyle3 weeks ago
भोटो कसको ?
-
Feature1 day ago
डल्ले खोला
-
lifestyle4 days ago
गुरुङ जातीको एउटा मौलिक परम्परा
-
entertainment1 week ago
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
-
Offbeat6 days ago
नेपाल आईटीई हङकङमा जीवन्त पर्यटन प्रदर्शन
-
Feature4 weeks ago
कलाकारिता यात्रामा लागेकी जोनिशा
-
Video2 weeks ago
नागढुंगा सुरुङ (भिडियो)
-
Feature2 weeks ago
युएसएडका सयौँ सवारीसाधन चोभार बन्दरगाहमा