Feature
CLEAR VIEW OF PHARPING SURROUNDING
Located near capital city, Pharping is one of the most visited tourism destinations around Kathmandu.
It is famous for it’s pure and clean environment. During this festival season marigold flowers, warm sun has made this place more beautiful. Few corps are ready to harvest though the world is in crisis because of covid-19, the natural beauty of this place is still serene and mesmerizing. Please enjoy these beautiful pictures of the Pharping surrounding taken by our own photo-person Nabin Babu Gurung only for you all.

DCIM101MEDIADJI_0026.JPG

DCIM101MEDIADJI_0035.JPG

DCIM100MEDIADJI_0132.JPG

DCIM100MEDIADJI_0128.JPG

DCIM100MEDIADJI_0126.JPG

DCIM100MEDIADJI_0120.JPG

DCIM100MEDIADJI_0112.JPG

DCIM100MEDIADJI_0110.JPG

DCIM100MEDIADJI_0105.JPG

DCIM100MEDIADJI_0098.JPG

DCIM100MEDIADJI_0068.JPG

DCIM100MEDIADJI_0135.JPG

DCIM100MEDIADJI_0134.JPG
entertainment
मैतीदेवी मन्दिरमा दसैँको रौनक
सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
काठमाडौं। बडादसैँको दोस्रो दिन काठमाडौंको मैतीदेवी मन्दिरमा देवीको दर्शन र पूजाआजा गर्ने श्रद्धालुहरूको चहलपहल देखिएको छ।
दसैँको धार्मिक रौनकसँगै बिहानैदेखि भक्तजनहरू मैतीदेवी मन्दिर पुगेर देवी दुर्गाको पूजा आराधना तथा दर्शन गरिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्न आउने श्रद्धालुहरूको उपस्थितिले दसैँको उल्लास र धार्मिक वातावरणलाई झल्काएको छ।
शक्तिको उपासना गरिने बडादसैँमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठमा भक्तजनहरूको भीड लाग्ने गर्छ। दुर्गा भवानीप्रति आस्था प्रकट गर्दै पूजा आराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा दसैँको विशेषता हो।




entertainment
बूढीगण्डकीमा बाढी, तटीय बस्तीमा क्षति
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा पहिरो खसेर खोला थुनिएपछि बूढीगण्डकी नदीमा आइतबार बिहान ठूलो बाढी आएको छ। बाढीले नदी किनारका बस्ती तथा भौतिक संरचनामा क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत खारोङ र उङ्जुलुबीच खसेको सुक्खा पहिरोले स्यारखोला थुनेपछि बाढी आएको प्रारम्भिक जानकारी छ। खोला थुनिँदा करिब दुई सयदेखि तीन सय मिटर माथिसम्म पानी र बाफ उडेको देखिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताएका छन्।
पहिरोले खोला थुनेपछि जम्मा भएको पानी एक्कासि बग्दा नदीको बहाव बढेको हो। बाढी नदी किनारका बस्ती र भौतिक संरचनामा पसेको छ। घटनास्थलमा तत्काल पुग्न नसकिएकाले क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।
बाढीले गोरखाको माछीखोला बजारमा ठूलो क्षति पुर्याएको छ। माछीखोलाबाट केरौँजा जाने झोलुङ्गे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत क्षति पुगेको छ। नदीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन्।
घटनापछि स्थानीय बासिन्दालाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको थियो। स्थानीयको सतर्कताका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताएका छन्।
बूढीगण्डकी नदीमा पानीको बहाव अवरुद्ध हुने र फेरि खुल्ने अवस्था रहेकाले तल्लो तटीय क्षेत्रमा जोखिम कायमै छ। प्रहरीले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र बाढीको जोखिम भएका स्थानबाट टाढा रहन आग्रह गरेको छ।
घटनाबाट भएको भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

entertainment
कीर्तिपुरमा गुञ्जियो नेपथ्य
नेपाल फोटो लाइब्रेरी
काठमाडौंको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदान शनिबार नेपथ्यका गीतले गुञ्जिएको छ। नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यको लाइभ कन्सर्टमा दर्शकहरू गीतसँगै झुमेका थिए।
दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा लामो समयपछि आयोजना भएको नेपथ्यको कन्सर्टले दर्शकमा उत्साह थप्यो। गायक अमृत गुरुङको प्रस्तुतिमा नेपथ्यका चर्चित गीत गुञ्जिँदा कन्सर्टस्थलको माहोल संगीतमय बनेको थियो।
नेपथ्य नेपाली मौलिक लोकधुन, सामाजिक सन्देश र नेपालीपन झल्किने गीतका लागि परिचित छ। दशकौंदेखि नेपाली संगीतप्रेमीको मनमा बस्न सफल ब्यान्डको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए।
शनिबार कीर्तिपुरमा देखिएको यो दृश्य नेपथ्यप्रतिको दर्शकको आकर्षण र नेपाली संगीतप्रतिको प्रेमको एउटा झल्को थियो।







-
entertainment3 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment7 days agoसिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
-
entertainment3 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment4 weeks ago‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
-
entertainment4 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
-
entertainment4 weeks agoभारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
-
Auto2 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस
-
entertainment5 days agoझिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर


You must be logged in to post a comment Login