Site icon Street Nepal

क्रिकेट महिला टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिसी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटबाट नयाँ जर्सीमा अन्तर्राष्ट्रिय यात्रा सुरु गर्ने भएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिन्क्सको ८० लाख रुपैयाँ वार्षिक प्रायोजनसँगै सार्वजनिक गरिएको जर्सी नेपालले पहिलोपटक फेब्रुअरी १३ देखि थाइल्यान्डको बैंककमा हुने टी–२० प्रतियोगितामा प्रयोग गर्नेछ।

८ टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएईसँग प्रतिस्पर्धा गर्दै छ। बलियो समूहमा परेको नेपालका लागि यो प्रतियोगिता युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

.

Exit mobile version