Site icon Street Nepal

नारायण दीप यात्रा

श्रीकृष्ण जन्मास्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ।

भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात र टाउकोमा बत्ती राखेर खाली खुट्टा नगर परिक्रमा गरेर नारायण दीप यात्रा वा मतया पर्व मनाएका हुन्।

यो पर्व मनाउँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाजमा शान्ती फैलिने जनविश्वास रहेको छ।

यसरी दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखंलगायतका नाचसमेत प्रदर्शन गरिएको छ। 

सापारुको अवसरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन भक्तपुरमा यो यात्रा निकालिने परम्परा रहेको छ।

Exit mobile version