Auto
सल्लाघारीमा अफरोडको रोमाञ्च: पहिलो पटक एक्सपल्स २१० को टेस्ट राइड
भक्तपुरको सल्लाघारी मैदानमा एड्भेन्चर बाइकप्रेमीहरूका लागि विशेष कार्यक्रम आयोजना गरिएको छ। सीजी मोटर्सले नयाँ Hero Xpulse 210 लाई केन्द्रमा राखेर “द फर्स्ट २१० एक्सपेरियन्स” कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा राइडर, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूले विशेष अफरोड ट्र्याकमा बाइक चलाएर यसको क्षमता परीक्षण गरेका थिए। उबडखाबड बाटो, माटो र चुनौतीपूर्ण मोडहरूमा बाइकको सस्पेन्सन, नियन्त्रण र प्रदर्शन अनुभव गर्ने अवसर सहभागीहरूले पाए।
कम्पनीका अनुसार एक्सपल्स २१० विशेष गरी सडकभन्दा बाहिरको यात्रा, एड्भेन्चर र नयाँ गन्तव्य खोज्न रुचाउने राइडरहरूलाई लक्षित गरेर तयार गरिएको हो।
नेपालमा बाइक किन्ने मात्र होइन, चलाएर अनुभव गर्ने संस्कृतिलाई बढावा दिन यस्तो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
You must be logged in to post a comment Login