entertainment
Himal Sagar “In the Public Eye”
Himal Gautam (born 24 October, 1982) better known by his stage name Himal Sagar is a Nepali singer and composer. He started his musical career at age 20 and debuted in 2003 with “Relation”. In 2004, he won Dhuk Dhuki award for best song of the year for “Na maile lekhe Na unle lekhen”. His subsequent albums, “4U” (2005) “Tyo Din” (2008) , “Tell me” (2010), “KAHANI” (2013) and “Fulee” (2014), has earned him several achievements in the Nepali music industry. Over the time, Himal Sagar has produced many hit singles, including “Mero maya marepachi”, “Timle maya nagare”, “Mero Mann ma Aago launeko”, “Yeti dherai maya moha”, “Nacha timi Aaja madal ko tall ma”, “Mero Dil todi”, “Ek phera hasideu na meri nisha”, “Teen Dhikke Fulee” etc…His work and contibution to the Nepali Music Industry is significant.
entertainment
काठमाडौँमा बढ्दै ट्राफिकजाम
पछिल्लो समय काठमाडौंका मुख्य सडकमा ट्राफिक जाम बढ्दै गएको छ।
विशेषगरी बिहान र साँझ कार्यालय समयमा सडकमा सवारीको चाप अत्यधिक हुने गरेको छ।
न्युरोड, सहिदगेट, माइतीघर, थापाथलीदेखि कुपन्डोल र पुल्चोकसम्मका मुख्य सडकमा लामो समयसम्म सवारीसाधनको लाइन देखिन्छ।
चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा सवारीसाधनको चाप अझ बढ्ने देखिन्छ।
साँझ परेपछि काठमाडौँमा देखिएको सवारी चापको दृश्य।






Auto
५ लाख ४९ हजारमै नेक्सन ईभी! के साँच्चै अब ईभी किन्न यति सजिलो भयो?
४४ लाख ९९ हजार रुपैयाँको विद्युतीय एसयूभी किन्न अब सुरुमै १८ लाख रुपैयाँ चाहिँदैन। टाटा मोटर्सको चर्चित नेक्सन ईभीलाई नेपालमा अझै सहज बनाउँदै आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ फाइनान्सिङ योजना ल्याएको छ।
यो योजनाअन्तर्गत ग्राहकले ५ लाख ४९ हजार रुपैयाँ डाउन पेमेन्टमै नेक्सन ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ।
तर यहाँ एउटा कुरा बुझ्न जरुरी छ—नेक्सन ईभीको मूल्य घटेर ५ लाख ४९ हजार रुपैयाँ भएको होइन। यो डाउन पेमेन्ट घटाउने विशेष फाइनान्सिङ तथा छुट योजना हो।
हालको व्यवस्थाअनुसार सवारीसाधन खरिद गर्दा कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्ने भएकाले ४४ लाख ९९ हजार रुपैयाँ मूल्यको नेक्सन ईभी किन्दा ग्राहकले सामान्य अवस्थामा करिब १८ लाख रुपैयाँ सुरुमै जुटाउनुपर्ने हुन्छ।
सिप्रदीको नयाँ योजनाले भने प्रारम्भिक भुक्तानीको भार घटाएको छ। कम्पनीका अनुसार ग्राहकले सवारीको मूल्यको करिब ८० प्रतिशत अर्थात् ३६ लाख रुपैयाँसम्म कर्जा सुविधा पाउन सक्नेछन्।
बाँकी रकममध्ये ५ लाख ४९ हजार रुपैयाँ ग्राहकले डाउन पेमेन्टका रूपमा बुझाउनेछन् भने करिब साढे ३ लाख रुपैयाँ बराबरको रकम विशेष छुटमार्फत समायोजन गरिनेछ।
अब कुरा गरौँ, यति ठूलो अफरमा पाइने नेक्सन ईभीमा के छ?
नेक्सन ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ३२५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ। यसमा ९८ किलोवाटको इलेक्ट्रिक मोटर छ।
चार्जिङका लागि ७.२ किलोवाटको एसी चार्जर तथा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जर प्रयोग गर्न सकिन्छ। चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि यसमा उपलब्ध छ।
डिजाइनमा स्प्लिट एलईडी हेडलाइट, जोडिएको एलईडी लाइट, १६ इन्च अलोय ह्वील र सिक्वेन्शियल एलईडी टेललाइट दिइएको छ। १९० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएकाले नेपाली सडकका लागि पनि यसको स्पेसिफिकेसन चासोको विषय बन्न सक्छ।
भित्र १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर र ९ स्पीकरको जेबीएल साउन्ड सिस्टम छ।
सुरक्षातर्फ ६ वटा एयरब्याग, ईएससी, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, सबै पांग्रामा डिस्क ब्रेक र ब्लाइन्ड स्पट मनिटरिङलगायतका फिचर दिइएका छन्। नेक्सनले भारत एनक्यापमा फाइभ स्टार सुरक्षा रेटिङसमेत पाएको छ।
अब प्रश्न एउटै हो—करिब ४५ लाख रुपैयाँको नेक्सन ईभी ५ लाख ४९ हजार रुपैयाँको सुरुवाती भुक्तानीमै किन्न पाउने यो योजना नेपाली ग्राहकका लागि ईभी बजारमा नयाँ आकर्षण बन्न सक्छ त?
entertainment
झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर
सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ।
दशैंलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रंगीचंगी बत्ती जडान गरी आकर्षक बनाइएको हो।
दशैंको समयमा मैतीदेवी मन्दिरमा दर्शन तथा पूजा गर्न भक्तजनको भीड लाग्ने भएकाले मन्दिरलाई विशेष रूपमा सजाइएको हो।
साँझपख झिलिमिली बत्तीले मन्दिर परिसर थप आकर्षक देखिएको छ।




-
entertainment2 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment2 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment4 days agoसिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
-
entertainment4 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
-
entertainment4 weeks ago‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
-
entertainment3 weeks agoभारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
-
entertainment4 weeks agoगोकर्णमा कुशे औंसी
-
Auto2 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस




You must be logged in to post a comment Login