Connect with us

entertainment

HOW AND WHEN DID KYLIE JENNER GET THE SCRATCH ON HER LEGS?

Published

on

kylieThe 18 year old reality star, Kylie Jenner made her debut at the glitterning annual event this year, and looked stunning in silver sequined dress and matching shiny stilettoes. She posted to snapchat that the heavily beaded, floor length Balmain gown she wore to the Met Gala in New York City caused her physical harm. Kylie’s dress physically hurt her and looks like her shoes weren’t very nice to her either.
“When your dress made you bleed and your feet are purple,” Kylie captioned a picture of her scratched and bruises.
“It was worth it though,” she added in a selfie.
kylie jenner1

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

मौसम खुलेसँगै पोखरामा चहलपहल

Published

on

अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी

चार दिनसम्मको लगातार वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि चलायमान हुन थालेका छन्।

मौसम सफा भएसँगै फेवातालमा नौकाविहार तथा विभिन्न पर्यटकीय स्थलको भ्रमणका साथै अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमशृङ्खलाको दृश्यावलोकन सहज भएको छ।

असोजदेखि सुरु हुने शरद पर्यटन सिजनसँगै पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने व्यवसायीहरूको अपेक्षा छ।

DCIM\105MEDIA\DJI_0598.JPG
Continue Reading

entertainment

प्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६

Published

on

मिस युनिभर्स नेपाल २०२६ को ताज प्रयासना गुरुङले पहिरिएकी छन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा गुरुङ विजेता बनेकी हुन्। त्यस्तै, मिस अर्थ नेपाल २०२६ को ताज झापाकी बिनिता ओलीले जितेकी छन्।

देशभरबाट सहभागी ११० जनामध्ये अन्तिम १४ जना फिनालेमा प्रतिस्पर्धामा थिए। बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मा मुख्य निर्णायक थिए।

२४ वर्षीया प्रयासना बेलायतमा बस्दै आएकी महिला सशक्तिकरण अभियन्ता हुन्। उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलालाई मेकअप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी निःशुल्क कार्यशाला सञ्चालन गर्दै आएकी छन्।

२७ वर्षीया बिनिता कुवेत एयरवेजमा क्याबिन क्रुका रूपमा काम गरेर नेपाल फर्किएकी हुन्।

Continue Reading

entertainment

चार दिनको झरीपछि खुलेको काठमाडौं

Published

on

चार दिनदेखि लगातार झरीले ढाकिएको काठमाडौं आज केहीबेर खुलेको छ।

मध्याह्नपछि बादल छिचोल्दै घाम देखिएसँगै उपत्यकाको आकाश केही सफा भएको हो। बादल अझै पूर्ण रूपमा हटिसकेको छैन, तर वर्षाले थलिएको काठमाडौंमा मौसम खुलेसँगै दृश्य भने फेरिएको छ।

आकाश खुलेपछि ड्रोनबाट देखिएको काठमाडौं—हरियालीले ढाकिएका डाँडाकाँडा, बाक्लो बस्ती र बीचबीचमा देखिएका बादलले मनमोहक दृश्य बनाएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अब ठूलो वर्षाको सम्भावना नरहे पनि मौसम पूर्ण रूपमा खुलिसकेको छैन। सोमबारदेखि देशका अधिकांश स्थानमा मौसममा थप सुधार हुने महाशाखाले जनाएको छ।

चार दिनको झरीपछि खुलेको काठमाडौं—आकाशबाट हेर्दा अझै सुन्दर।

DCIM\101MEDIA\DJI_0067.JPG

DCIM\101MEDIA\DJI_0025.JPG

DCIM\101MEDIA\DJI_0026.JPG

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com