entertainment
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
नेपाली संगीत बजारमा नयाँ गीत ‘जुध्यो नजर’ कोराहा चुड्का गीत सार्वजनिक हुने तयारीमा छ।
रेश्मा तामाङको प्रस्तुति रहेको यस गीतको निर्देशन दीप गुरुङले गरेका हुन्।
यस गीतमा मनोज गुरुङ र रेश्मा तामाङको मुख्य भूमिकामा रहेको छ भने गीतमा स्वर देवराज आले मगर र रेश्मा तामाङको रहेको छ।
शब्द तथा संगीत पनि देवराज आले मगरले नै सिर्जना गरेका हुन्। विश्लेवास नेपालले गीतलाई एरेन्ज गरेका छन् भने कुमार राना मगरले मिक्सिङ र मास्टरिङको काम गरेका छन्।
विजय लामाले छायांकन गरेको यस गीतमा दीप गुरुङको कोरियोग्राफी रहेको छ भने पदम सुवेदीको सम्पादन रहेको छ।
दीप फिल्म्स प्रोडक्सनले निर्माण गरेको यो गीत चाँडै नै विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुनेछ।
You must be logged in to post a comment Login