काठमाडौंको कलंकीस्थित अन्डरपास रङरोगनपछि सफा र चिटिक्क देखिएको छ।
दसैंको पूर्वसन्ध्यामा पुरानो र मैलो देखिएको अन्डरपास क्षेत्र सफा गरी नयाँ रङ लगाइएको हो।
चीन सरकारको सहयोगमा निर्माण गरिएको कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गतको अन्डरपास सञ्चालनमा आएपछि कलंकी चोकमा हुने सवारी जाम न्यूनीकरणमा सहयोग पुगेको छ।
