Connect with us

Art

KATHA KHARARA MANA HARARA

Published

on

Theater Mall Kirtipur Ranganch and Theater Center for Children Quarantine Campaign has started a program called Katha Kharara, Man Harara. Those Theater organizations have already organized Virtual Theater Festival for 16 days on the beginning of lockdown. They are organizing this kind of program especially for children so that they can hear, feel and imagine the stories. Children loves to read, hear and tell stories that is why Theater Mall Kirtipur is doing such work to utilize children’s energy and creativity. Katha Kharara Man Harara will be premiered on children’s YouTube channel Baalkoseli everyday at 11 AM from today. Children ages of 3 years to 16 year are taking part at program. According to the theater director Kedar Shrestha since our joint family cultures disappearance storytelling and listening culture is also became dim. So he requested all parents to make their relation stronger with their children. Co-director of the program Prashun Sindhuliya has requested to send the video of child telling a story at baalkoselinepal@gmail.com . Similarly children who wants to proclamation can also contact.

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Art

नेपाली कलाकार कृशा ताम्राकार प्रतिष्ठित एसियन महोत्सवमा सहभागी

Published

on

काठमाडौं, जुन २०२५

नेपाली चित्रकार तथा समकालीन कलाकार कृशा ताम्राकार सिंगापुरमा आयोजना हुने प्रतिष्ठित एशियन फेस्टिभल अफ चिल्ड्रेन्स कन्टेन्ट (AFCC) अन्तर्गतको वार्षिक बुक इलस्ट्रेटर्स ग्यालरी (BIG) मा आफ्नो कलाकृति प्रस्तुत गर्न चयन भएकी छन्। उनीद्वारा चित्रण गरिएको बालबालिकाको पुस्तक “A Cap for Pip” बाट लिइएका चित्रहरू यस वर्षको अन्तर्राष्ट्रिय प्रदर्शनीमा समावेश गरिएका छन्।

सिंगापुर बुक काउन्सिलद्वारा आयोजित AFCC एशियाकै प्रमुख बाल साहित्य महोत्सवमध्ये एक हो, जसले बालबालिकाका सामग्रीहरूलाई केन्द्रमा राख्छ। यस महोत्सवको विशेष आकर्षणको रूपमा रहेको बुक इलस्ट्रेटर्स ग्यालरी ले एशिया तथा विश्वभरका बाल साहित्यका उत्कृष्ट चित्रकलालाई सम्मान गर्छ।

“A Cap for Pip”, लेखक अनुराधाद्वारा लिखित र दि एसिया फाउन्डेसनको लेट्स रिड नेपाल कार्यक्रम अन्तर्गत प्रकाशित पुस्तक हो। यो रमाइलो बालकथा पिप नामक चञ्चल बाँदरको वरिपरि घुम्छ, जसले आमाको मन पर्ने टोपीप्रति चासो देखाउँछ। पिपको शरारतीपनले गल्ती गराउँछ—तर त्यसैबाट एक महत्वपूर्ण पाठ पनि सिक्छ। जब पिपले गल्ती सुधार्न खोज्छ, कथा प्रेम, परिणाम र मिलनका भावनात्मक पक्षहरू सहज रूपमा प्रस्तुत गर्छ। जीवन्त चित्रण र सजिलो भाषाले सजिएको यो पुस्तक बालपाठकहरूका लागि मननीय र शिक्षाप्रद छ।

ताम्राकारको यो सहभागिता उनको व्यक्तिगत करियरका लागि मात्र नभई सम्पूर्ण नेपाली कला तथा प्रकाशन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चित्रकारहरूको बढ्दो उपस्थिति र दक्षिण एशियाली अनुभवमा आधारित कथाहरूको विश्वसनीयता प्रकट गर्छ।

“यो नेपाली चित्रकला र दृश्य कथावाचनको अन्तर्राष्ट्रिय मान्यताको महत्वपूर्ण उपलब्धि हो,” भन्छन् प्रसिद्ध कलाकार तथा आर्टुडियोका संस्थापक कैलाश के श्रेष्ठ, जसले काठमाडौँमा स्थापना भएदेखि नै नयाँ पुस्ताका कलाकारहरूलाई समर्थन गर्दै आएका छन्। “कृशाको कामले नेपाली दृश्य कथाहरूको गहिराइ र संवेदनशीलता झल्काउँछ, र AFCC मा उनको सहभागिता बाल साहित्यमा उदाउँदै गरेका हाम्रो आवाजहरूको प्रभावशाली प्रतिनिधित्व हो।”

नेपाली सिर्जनात्मक उद्योग अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्दै गर्दा ताम्राकारको यो उपलब्धि देशभरका आकांक्षी चित्रकार र कथावाचकहरूका लागि प्रेरणादायी उदाहरण बन्न पुगेको छ।

Continue Reading

Art

हरिप्रसाद शर्माका कृति नेपाल आर्ट काउन्सिलमा

Published

on

वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका कलाकृति बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकमा प्रदर्शनीमा छन्।

शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा काठमाडौं उपत्यकाको सांस्कृतिक जीवन, मल्लदेखि शाहकालसम्मका राजाहरू, चाडपर्व, दरबार संस्कृति र जनजीवन झल्काउने चित्रहरू देख्न सकिन्छ।

८८ वर्षीय शर्मा इतिहाससँग गहिरो सम्बन्ध राख्ने चित्रकार हुन्। ऐतिहासिक अनुसन्धानमा आधारित विषयवस्तुलाई उनले कल्पनाको रङ र सजीव क्यानभासमार्फत प्रस्तुत गरेका छन्।

प्रदर्शनीमा चित्रहरूसँगै उनले काम गर्ने क्यानभास र रंग सामग्रीहरू पनि समावेश गरिएको छ। शर्माले यसै शीर्षकमा केही वर्षअघि चित्रकला पुस्तक पनि प्रकाशित गरेका थिए।

Continue Reading

Art

 हिमालय आर्ट फेस्टिभल

Published

on

नेपाल आर्ट काउन्सिलमा अहिले छैठौं हिमालय आर्ट फेस्टिभलमा नेपालका विभिन्न कलाकारहरूको थुप्रै कला प्रदर्शनीमा राखिएको छ। यो प्रदर्शनीमा इ-आर्ट नेपालले आयोजना गरेको हो। 

भदौ ७ देखि सुरू भएको आर्ट महोत्सव भदौ १३ गतेसम्म चल्नेछ। यसपटकको महोत्सवमा वरिष्ठ कलाकार गोविन्द नारायण ज्यापूको विभिन्न योगदान र कलाकारिता रहेको इ-आर्ट नेपालका संस्थापक आशा डंगोलले जानकारी दिए। 

उनका अनुसार महोत्सवको मुख्य पक्ष नेपाली कलाकारको योगदानलाई अगाडि ल्याउनु र सही मूल्य पहिचान गरी देखाउनु नै हो। 

यस्तै, नेपालमा बसी कला गर्ने ८० कलाकारका कला प्रदर्शनीमा राखिएको छ।

इ-आर्ट नेपालका संस्थापक कलाकार आशा डंगोल भन्छन्, ‘छैठौं संस्करणसम्म आइपुग्दा हामी निकै खुसी छौं’, उनले भने, ‘नेपालमा रहेर कलाकारहरूको योगदानलाई महोत्सवको रूप दिएर काम गरिरहेका छौं।’

डंगोल स्वयं कलाकार भएकाले उनले आफ्नै कला प्रदर्शनमा राखेका छन्।

Continue Reading

Trending

Copyright © 2025 streetnepal.com