काठमाडौं — यौनिक तथा लैङ्गिक अल्पसंख्यक (LGBTQI) समुदायले यस वर्षको गाईजात्रा पर्वको अवसरमा २२औँ गौरव यात्रा (प्राइड परेड) सफलतापूर्वक सम्पन्न गरेका छन्।
नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी)को आयोजनामा भएको यस कार्यक्रममा सहभागीहरू विभिन्न भेषभूषामा सजिएर नारायणचौरमा भेला भएका थिए।
“संस्कृति मनाऔँ, लैङ्गिक विविधता आत्मसात् गरौँ” भन्ने नारासहित आयोजना गरिएको यस गौरव यात्राले गाईजात्रा पर्वको सांस्कृतिक महत्त्वलाई यौनिक तथा लैङ्गिक विविधतासँग जोड्ने प्रयास गरेको छ।
यो वार्षिक कार्यक्रमले नेपालमा LGBTQI समुदायको अधिकार, पहिचान र स्वीकृतिलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
