Feature

तस्विरमा हेरौं भोर्लेटारबाट देखिएको सुन्दर हिमश्रृंखलाहरु

Published

on

सुरज गुरुङ 

लमजुङको मध्यनेपाल नगरपालिकामा पर्ने भोर्लेटार वरपरको दृश्य अहिले स्वर्गको झल्को झैँ देखिएको छ।

मौसमी बादल हटेपछि सोमबार बिहान यहाँको प्राकृतिक सौन्दर्य झनै निखरिएको छ। सुनका रंगमा रंगिएका धानका फाँटहरू, हरियालीले ढाकिएका गाउँघर र वरिपरि फिँजिएका हिमालहरूको अद्भुत दृश्यले जो कोहीलाई मोहित बनाउँछ।

खुले आकाशमुनि देखिएका माछापुच्छ्रे, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाले भोर्लेटारको दृश्यलाई अझ मनमोहक बनाएका छन्। प्रकृतिको यस्तो सुन्दर रूप देख्न पाएकोमा स्थानीयवासी मात्र होइन, यहाँ पुग्ने जो कोही पनि मुग्ध हुने गर्छन्।

हेरौँ, सोमबार बिहान भोर्लेटारबाट कैद गरिएका ती सुन्दर तस्बिरहरू —

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version