Theatre

मण्डलामा ‘मञ्जिरा’

Published

on

काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ।

नाटक मञ्जिरामार्फत अभिनेता सरोज खनाल ९ वर्षपछि रङ्गमञ्चमा फर्किएका छन्। 

करिब ३० वटा नाटकमा अभिनय गरिसकेका अभिनेता खनालले विसं २०७३ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा व्यस्त भएका थिए।

द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथामा आधारित ‘मञ्जिरा’मा अभिनेता खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, अनुप न्यौपाने र सुशाङ्क मैनालीको अभिनय छ।

सोमनाथ खनालको निर्देशनमा तयार भएको नाटक ‘मञ्जिरा’ मण्डला नाटकघरमा आगामी असार ८ गतेसम्म मञ्चन हुनेछ।

नाटकलाई निर्देशक खनाल र सन्देश घिमिरेले लेखेका हुन्। 

#Manjira #Play #Mandalatheatre

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version