Auto

तस्विरमा हेर्नुहोस् अटो बजारमा चर्चा पाएको एमजी एस सिक्स

Published

on

नेपालमा हालै सार्वजनिक गरिएको नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी एस सिक्स’ ले आधुनिक प्रविधि, लक्जरी फिचर र शक्तिशाली परफर्मेन्सका कारण अटो बजारमा चर्चा बटुल्न थालेको छ।

नक्सालस्थित एमजीको शोरुममा गरिएको अवलोकनका क्रममा कम्पनीका प्रतिनिधि शिरीष उपाध्यायका अनुसार ११ मे २०२६ मा नेपालमा लन्च गरिएको यो फुल साइज इलेक्ट्रिक एसयूभीमा १२४ लिटरको फ्रन्ट स्टोरेज (फ्रन्क), एक्टिभ एअर इन्टेक, एडास सेन्सर, रेन सेन्सिङ वाइपर तथा २० इन्चका टायर जस्ता फिचर समावेश गरिएको छ। गाडीको ग्राउन्ड क्लियरेन्स १९५ एमएम रहेको छ।

गाडीको साइड प्रोफाइलमा एक्स पावर ब्याजिङ, हिटेड साइड मिरर, ३६० डिग्री क्यामरा, रिक्वेस्ट सेन्सर र प्राइभेसी ग्लास दिइएको छ। पछाडितर्फ ५८१ लिटरको इलेक्ट्रिक बुट स्पेस उपलब्ध छ भने फुट सेन्सरबाट पनि बुट खोल्न सकिने सुविधा रहेको छ।

एमजी एस सिक्समा सीसीएस टाइप–२ चार्जिङ पोर्ट रहेको छ। एसी चार्जिङमा ७ किलोवाटसम्म सपोर्ट गर्ने यो गाडीले १४४ किलोवाटको डीसी फास्ट चार्जरमार्फत करिब ३८ मिनेटमै फुल चार्ज लिन सक्ने कम्पनीको दाबी छ।

रियर ह्विल ड्राइभ सिस्टम भएको यस गाडीमा १८० किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एक पटकको चार्जमा ५३० किलोमिटरसम्म रेन्ज दिन्छ।

इन्टेरियरतर्फ हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, वायरलेस चार्जिङ, डुअल जोन क्लाइमेट कन्ट्रोल, हेडअप डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, ११ स्पिकर अडियो सिस्टम र विभिन्न स्मार्ट कनेक्टिभिटी फिचर समावेश गरिएको छ।

कम्पनीले तीन वर्षसम्म इन्टरनेट डाटा सुविधा पनि उपलब्ध गराएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version