Auto

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला

Published

on

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको छ।

नाडाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अटो शोका लागि जेठ १८ गतेदेखि २६ गतेसम्म स्टल बुकिङ खुला रहनेछ।

नाडाका अनुसार अटो शोमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ।

अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकले यस वर्षको अटो शोमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरेको जनाएको छ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरण व्यवस्थापक कम्पनी ग्लोबल एक्सपोजिसनमार्फत प्राप्त गर्न सकिने नाडाले जनाएको छ। इच्छुक कम्पनी तथा संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी प्रदर्शनीमा सहभागी हुन अनुरोध गरिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version