entertainment

गायक हसन राईको ‘नायुमा’ सार्वजनिक

Published

on

काठमाडौँ ।

गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। शशि गुरुङको शब्द-संगीतमा तयार गीतमा हसनकै स्वर छ भने एरेञ्ज देबेश राईले गरेका हुन्।

किरात सभ्यतामा आधारित भिडियो राजेश पुमा राईको निर्देशनमा तयार भएको हो। किरात राईहरुको विवाह संस्कारलाई प्रस्तुत गरिएको भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा एलिशा राई, गणेशमान घले र कमेडियन उमेश राई (फुलन्देकी आमा) सहित अन्य कलाकारको अभिनय छ।

हरि हुमागाईको डिओपी, उत्तम हुमागाईको सिनेमाटोग्राफी तथा विकास दाहालको सम्पादन रहेको भिडियोमा सुम्निमा कलेक्सनको पहिरन देख्न सकिन्छ।

करिब दुई दर्जन गीत गाइसकेका हसनले दर्शकको माया पाइनेमा आशावादी रहेको बताएका छन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version