entertainment

पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सव सुरु

Published

on

काठमाडौं, असार ६: आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ आजदेखि चाबहिलस्थित चलचित्र विकास वोर्डमा सुरु भएको छ। ‘आदिवासी जनजाति चलचित्रको प्रबर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सुरु भएको तीनदिने महोत्सव विभिन्न जनजातीहरुको सांस्कृतिक झाँकी बाट शुरु भएको थियो ।

नेपालको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो। वि.सं. २०४४ सालमा नेवारी भाषाको चलचित्र ‘शिलु’ निर्माण भएयता आदिवासी जनजातीको भाषा संस्कृतिमा चलचित्र बन्न थालेको इतिहास छ।

यस महोत्सवले आदिवासी जनजातिका मौलिक कला–संस्कृति, धर्म, परम्परा र भाषाको दस्ताबेजीकरण, संरक्षण र प्रबर्द्धनका साथै पर्यटन विकासमा समेत टेवा पुर्‍याउने लक्ष्य राखेको छ। महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछन्।

महोत्सवमा विभिन्न विधामा उत्कृष्ट चलचित्रकर्मीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version