Site icon Street Nepal

म्हः पूजासहित नयाँ वर्षको उल्लास

नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली र शुभकामना आदानप्रदान गरी मनाइँदैछ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत्को अवसरमा आज म्हः पूजा पनि गरिँदैछ।

काठमाडौंको वसन्तपुरमा बिहानैदेखि नेपाल संवत्को रौनक देखिएको छ। विभिन्न सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा र भेषभूषासहित निकालिएको र्‍यालीमा नेवार समुदायका संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ।

ऐतिहासिक मान्यताअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए।

नेपालको मौलिक इतिहास, संस्कृति र पहिचानसँग जोडिएको नेपाल संवत् नेवार समुदायले विशेष उत्साहका साथ मनाउँदै आएको छ। यसै दिन गरिने म्हः पूजामा आफ्नो शरीर र आत्माको पूजा गरी सुस्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा छ।

Exit mobile version