Feature
“Pain of Her”
Abortion means termination of pregnancy – it can either be spontaneous or induced. Spontaneous is known as miscarriage, while induced simply means termination of a pregnancy which is planned. Recently, the statistics have shown an increase in abortion rate year after year.
Abortion can cause by social, economic or pregnant women health condition as well. However, it will lead to a number of negative effect toward pregnant women’ health, and social as too.
Abortion may take place where there is a matter arise either with husband or family member and it will influence the sensation of the pregnant women. Nonetheless, abortion could come along with the implication either mentally or physiology or both affection, such as feeling guilty and depression. Besides that, they will also be infected with breast cancer, or even death during or after the abortion. Abortion may be a small thing for us but who faced it, is huge for her. As we said above mostly happen inforce of either family or this cruel society. But the person who adopt, cutting off her part of body &it’s thrown in garbage.

As street art is done in a certain area, like on floor, wall or any object out there and it is known by only those who have been there and it will be surely rubbed away some day. Here I want to show the labour of the artist & spread the awareness not only covering certain area but to whole country & world through PHOTOGRAPHY.
My voice is small, but our collective voices are strong and through art I wanted to show that we, together, have the ability to mobilize and inspire change.

©Obhaso Shakya/streetnepal
Feature
बागमती किनारमा सुन्दर पार्क
काठमाडौँको बागमती नदि किनार वरपर सुन्दर पार्कहरु निर्माण भईरहेका छन।
काठमाडौँ महानगरले हेल्थ–फिटनेस उपकरण, बाल–मैत्री खेल क्षेत्र तथा सुन्दर बस्न मिल्ने बेन्चहरूले पार्कलाई आकर्षक बनाएका छन्।
आगामी मंसिर १६ मा उद्घाटन हुने यस पार्कलाई वर्षायाममा बाढीले क्षति पुर्याउने सम्भावना रहेको भन्दै विशेषज्ञहरूले नदी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सुझाएका छन्।





Feature
गुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)
गुरुङ समुदायको पहिचानसँग गहिरोसँग जोडिएको परम्परागत भेडीगोठ प्रथा अहिले पनि यथावत रूपमा जगेर्ना हुँदै आएको छ।
वर्षायाममा हिमालको फेदी र उच्च खर्क – लेकसम्म पुग्ने भेडीगोठ हिउँद लागेसँगै बेशीतर्फ झर्ने चलन अहिले पनि निरन्तर छ।

यही क्रममा लमजुङको घलेगाउँ नजिकै भेटियो – ६१ वर्षीय गंगाबहादुर गुरुङको भेडीगोठ।
गंगाबहादुर विगत २५ वर्षदेखि भेडा पाल्दै आएका छन्।
यो पेसा उनी आफ्ना बुबाबाटै सिकेका हुन्।
“बाबा बितेपछि विदेश जाने कोसिस गरेँ, सफलता पाएनँ।
त्यसपछि २५ वर्षको उमेरदेखि खच्चड किनेँ, भेडा पाल्न थालेँ,” उनी भन्छन्। गत वर्षसम्म करिब ६ सय भेडा भएको गोठमा एकैपटक २५० भेडा मरेपछि अहिले संख्या ३५० आसपासमा झरेको छ। भेटनरीले दिएको औषधिले केही बचाउन सहज भए पनि क्षति ठूलो भएको गंगाबहादुरले बताए ।

बर्खा सकिएपछि उनी तल झर्न थालेका थिए, अहिले घलेगाउँ नजिकै आईपुगेका छन्।
“भेडाको साँढे ३-४ वटा भयो भने ठिकै हुन्छ ” उनी मुस्कुराउँदै भन्छन्।
उनका साथीको गोठमा पनि खसी र भेडा मिसिएको छ। “फाइदा भए बेच्ने, नत्र पालेर बस्ने ! यही हो हाम्रो जीवन,” उनी थप्छन्। गाउँमा अहिले जम्मा ३ वटा गोठ मात्र बचेका छन्।
पहिलेजस्तो धेरै गोठ एकैसाथ लेक–खर्कमा जाने चलन हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे। गंगाबहादुरको गोठ लमजुङ हिमालको फेदसम्म पुग्छ, यद्यपि सबै गोठालाले त्यत्रो उचाइसम्म भेडा लैजान सक्दैनन्।
गोठभित्रको जीवन कष्टकर छ ‘मान्द्रो, ‘ढोक्सा’ पकाउने भाँडाकुडा, ओछ्यान, कुकुर, साना पाठा बाँध्ने ठाउँ, बस्ने–सुत्ने टालटुलका सामग्री।
“हामी त बख्खु ओढ्छौँ, सिरक छैन-उनले गोठ भित्रको अवस्था देखाउदै भने।
गुरुङ समुदायमा भेडीगोठलाई पेसा मात्र होइन, संस्कार, संस्कृतिको एक आधार मानेर निरन्तर जोगाइँदै आएको छ।
लमजुङको घलेगाउँमा देखिएको भेडीगोठको रमाइलो दृश्य प्रदेशकै मौलिक गुरुङ परम्पराको जीवित प्रतीक हो।
गुरुङ समुदायको पहिचान, पहाडी जीवनको कठिनाइ र प्रकृतिसँगको सहअस्तित्व – यी सबै कथाहरू भेडीगोठसँग गाँसिएर आज पनि जीवन्त रहेको छ।


entertainment
अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ।
टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा भाइरल बनेपछि अर्जुनले दर्शकको माया आफूलाई ठूलो प्रेरणा बनेको बताएका छन्।
‘पछ्यौरी लिसियो’ र ‘दुख साटम्ला’ जस्ता गीतबाट चर्चित सापकोटाको यस नवीनतम गीतमा मेलिना राई, समीक्षा अधिकारी र अर्जुन स्वयंको स्वर समावेश छ। सन्तोष सापकोटाको शब्दमा तयार गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन् भने प्रदीप रोदनको कविता वाचन पनि सुन्न सकिन्छ।
वैदेशिक रोजगारी र प्रेमको दूरीलाई कथावस्तु बनाइएको म्युजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा अर्जुन सापकोटा, कुसुम भण्डारी, शिवु पाण्डे तथा अन्य कलाकारको अभिनय देख्न सकिन्छ।
गीत सार्वजनिक भएको चार दिनमै विभिन्न सेलिब्रेटी र क्रिएटरहरूले रिल्स तथा टिकटक बनाउँदै ‘झलिको’लाई हालैको चर्चित सिर्जनामध्ये एक बनाएका छन्।
-
entertainment3 weeks agoअर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
-
Theatre1 week agoकौसी थिएटरमा ‘के अस’(तस्विरहरु)
-
Feature4 weeks agoचन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
-
entertainment2 weeks agoकान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’
-
entertainment2 weeks agoगुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
-
Feature1 week agoगुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)
-
Offbeat6 days agoविश्व एड्स दिवसमा दिप प्रज्वलन
-
Theatre5 days agoमण्डला थिएटरमा ‘मिलारेपा’







