lifestyle
तस्विरमा सिन्दुर जात्रा
भक्तपुरको मध्यपुर थिमी मा मनाइने सिन्दुर जात्रा आज भव्य रूपमा सम्पन्न भएको छ। सिन्दुर जात्रा नेपाली नयाँ वर्षको अवसरमा बिस्का जात्रा अन्तर्गत मनाइने परम्परागत उत्सव हो।
आज बिहानदेखि सुरु भएको जात्रामा ठिमीका विभिन्न टोल तथा नजिकका गाउँहरूबाट ३२ वटा खट निकालिएका थिए। ती खटहरूमा बालकुमारी, गणेश, सिद्धिकालीलगायत देवीदेवताका मूर्तिहरू राखी स्थानीयहरूले काँधमा बोकेर नगर परिक्रमा गराएका थिए। बालकुमारी मन्दिर वरिपरि खटहरू भेला हुँदा पूरै क्षेत्र सिन्दुरले राताम्य बनेको देखिन्थ्यो।
जात्राको मुख्य आकर्षण सिन्दुर छर्किने परम्परा हो भने सहभागीहरूले एकअर्कामाथि सिन्दुर छर्केर उल्लास मनाएका थिए। धिमे बाजा, झ्याली र नाचगानले वातावरणलाई अझै जीवन्त बनाएको थियो।
You must be logged in to post a comment Login