Connect with us

entertainment

SINKI ACHAR

Published

on

 

New Nepali song Sinki Achar is out on YouTube. This song is taken from upcoming Nepali film “Gorkhe”. Lyrics and the music of the film is done by Nagwa Phinju Pakhrin. Music is arranged by Sahas Shakya and melody queen Anju Panta and R.C Rimal have lent their voice for the song “Sinki Achar”.Santosh Dhakal directorial “Gorkhe” is produced by Hari Lama. “Gorkhe” casts  Arjun Gurung, Anjali Adhikari, Rabindra Pratap Sen, Ashmi lama, and many other artists.

 

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

बबरमहलमा राखियो आकाशे पुल

Published

on

काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल जडान गरिएको छ। गएराति सडकमा पुलको मुख्य संरचना फिट गरिएको हो।

अब केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पुलमा भर्‍याङ राख्ने काम भने बाँकी छ। भर्‍याङ जडान भएपछि पैदलयात्रीले सहज रूपमा पुल प्रयोग गर्न सक्नेछन्।

जिल्ला अदालत अगाडिको व्यस्त सडकमा दैनिक ठूलो संख्यामा पैदलयात्रीले सडक पार गर्ने गर्छन्। आकाशे पुल सञ्चालनमा आएपछि सडक पार गर्दा हुने जोखिम कम हुनुका साथै पैदलयात्रीलाई निकै सहज हुने अपेक्षा गरिएको छ। साथै, बबरमहल क्षेत्रको ट्राफिक व्यवस्थापनमा पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

default

default
default

default
Continue Reading

entertainment

आकाशबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशन

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन गरेका हुन्।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट हजारौँ प्रतिनिधि सहभागी भएका छन्।

देशभरबाट आएका हजारौँ प्रतिनिधि, नेता तथा कार्यकर्ताको उपस्थितिले खुलामञ्च भरिभराउ देखिएको छ। ड्रोनबाट हेर्दा महाधिवेशनका लागि तयार पारिएको विशाल संरचना र सहभागीहरूको भीडले खुलामञ्चको दृश्य अझ आकर्षक देखिएको छ।

आज उद्घाटन सत्र सम्पन्न भएपछि सोमबार र मंगलबार बन्दसत्र सञ्चालन हुनेछ। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन हुने कार्यतालिका छ।

default

default

default
Continue Reading

entertainment

हातका सीपलाई बजारसँग जोड्दै तमु महिलाहरू

Published

on

अनिता गुरुङ

काठमाडौंमा शनिबार तमु गुरुङ महिलाहरूले आफ्ना हातले बनाएका मौलिक तथा परम्परागत सामग्री प्रदर्शनमा राख्दै विक्रीवितरण गरेका छन्।

काठमाडौँको गोंगबुमा आयोजित तमुस्यो ह्युल छोंझ धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशनको अवशरमा कार्यक्रम स्थलमा परम्परागत सामग्रीहरु राखिएको हो।

प्रदर्शनीमा कपडा, झोला, माला, गहना, घलेक तथा गुरुङ पहिरनमा प्रयोग हुने सामग्रीदेखि अचार र धूपसम्मका सामग्री एउटै ठाउँमा राखिएका थिए। ती सामग्रीमा उनीहरूको सीप मात्र थिएन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति र परम्पराको कथा पनि जोडिएको थियो।

यही मौलिक सीपलाई संरक्षण गर्दै बजारसँग जोड्ने उद्देश्यले ‘तमुस्यो ह्यान्डिक्राफ्ट’ सुरु गरिएको छ। ‘तमुस्यो ह्यान्डिक्राफ्ट’ले पहिलोपटक आयोजना गरिएको कार्यक्रममा करिब १० जना तमु महिलाको समूह सहभागी रहेका छन्।

विभिन्न स्थानमा रहेर हस्तकला तथा घरेलु उत्पादन गर्दै आएका महिलाहरूले आफ्ना उत्पादन यहाँ ल्याएका थिए।

तमुस्यो ह्यान्डिक्राफ्टकी बिजेता गुरुङका अनुसार यसको मुख्य उद्देश्य तमु समुदायका महिलाको सीपलाई एउटै छातामुनि ल्याएर व्यावसायिक बनाउनु हो।

‘हाम्रो समुदायभित्र धेरै दिदीबहिनीमा परम्परागत र अन्य विभिन्न किसिमका सीप छन्। ती सीपलाई कसरी बजारीकरण गर्ने र महिलालाई आर्थिक रूपमा सशक्त बनाउने भन्ने सोचबाट तमुस्यो ह्यान्डिक्राफ्ट सुरु गरेका हौँ,’ उनले भनिन्।

प्रदर्शनीमा स्याङ्जातिर प्रचलित हातले बुनेको ‘खतिसल’, बन्दीपुरे सल, हातले बुनेका झोला, गुरुङ समुदायमा प्रचलित घलेक, ढाकाको सल तथा पर्सलगायत सामग्री थिए। हातले बुनेको झोला भने पहिलो दिनमै सबैभन्दा धेरै बिक्री भएको आयोजकले जनाएको छ।

गुरुङ समुदायको परम्परागत पहिरन र गहनासँग जोडिएका मुगाका माला, शिरबन्दि, जन्तर, बास बिटेलगायत सामग्री पनि प्रदर्शनीमा राखिएका थिए। पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्रीलाई नयाँ डिजाइन र प्रयोगसँग जोडेर पुनः बजारमा ल्याउने प्रयाससमेत गरिएको छ।

विशेषगरी घलेकमा गुरुङ समुदायको सांस्कृतिक अर्थसमेत जोडिएको बिजेता बताउँछिन्। रातो र हरियो रङको संयोजन तथा यसको प्रयोगसँग जोडिएको सांस्कृतिक अर्थलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले यसलाई निरन्तरता दिन खोजिएको उनको भनाइ छ।

‘आज बजारमा मेसिनबाट बनेका सामग्री धेरै छन्। त्यसले गर्दा हातले बनाउने सीप हराउँदै गएको छ। हाम्रो उद्देश्य यस्ता सीपलाई बचाउनु, पुस्तान्तरण गर्नु र सीप भएका दिदीबहिनीलाई त्यसैबाट आम्दानी गर्ने वातावरण बनाउनु हो,’ उनले भनिन्।

प्रदर्शनीमा हस्तकलाका सामग्री मात्र थिएनन्। महिलाहरूले आफ्नै हातले तयार गरेका अचार, दैनिक प्रयोगमा आउने सामग्री, प्राकृतिक कागजबाट बनाइएका हस्तकला, हातले बनाएको धूप लगाएतका विभिन्न सामग्रीसमेत राखिएका थिए।

आधिखोला तमु समाजका महिलाहरूले तयार गरेका फूलका बुकेदेखि काठमाडौं तमु समाजका महिलाहरूले बनाएका घरेलु प्रयोगका सामग्रीसम्म प्रदर्शनीमा थिए। कतिपय महिलाले ढाका बुन्ने, कतिपयले कोसेली तथा गहनाका सामग्री बनाउने र कतिपयले खाद्य सामग्री उत्पादन गर्ने काम गरिरहेका छन्।

यसले तमु महिलाको उद्यमशीलता एउटै किसिमको सीपमा सीमित नभएको देखाउँछ। फरक–फरक ठाउँमा रहेका महिलाले आ–आफ्नो सीपअनुसार उत्पादन गर्ने र त्यसलाई एउटै बजारमा पुर्‍याउने अवधारणा आयोजकहरूको छ।

बिजेताका अनुसार आगामी दिनमा महिलामात्र होइन, तमु समुदायका पुरुषले बनाउँदै आएका परम्परागत सामग्रीलाई पनि यस अभियानमा जोड्ने योजना छ। डोको, नाङ्लो, करुवा लगायतका परम्परागत सामग्री उत्पादन गर्ने सीपलाई पनि समेटेर स्थानीय बजारदेखि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय बजारसम्म लैजाने लक्ष्य उनीहरूको छ।

अहिलेको पहिलो चरणमा करिब १० जनाबाट सुरु भएको यो अभियानमा आगामी दिनमा थप महिला जोडिने अपेक्षा गरिएको छ। विभिन्न ठाउँमा रहेका सीप भएका महिलालाई संगठित गर्दै उत्पादन, बजारीकरण र ब्रान्डिङमा सहयोग गर्ने योजना छ।

‘हामीले यसलाई अब ब्रान्डका रूपमा अगाडि बढाउन चाहेका छौँ। स्थानीयस्तरबाट सुरु गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने हाम्रो योजना छ,’ बिजेताले भनिन्।

हातले बुनेको एउटा झोलादेखि पुर्खाले प्रयोग गर्दै आएको गहनासम्म—यी सामग्री अहिले केवल बिक्रीका वस्तु होइनन्। हराउँदै गएको सीप, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने माध्यम पनि बनेका छन्।

तमु महिलाहरूको यो प्रयासले परम्परागत सीपलाई केवल सम्झनामा सीमित नराखी त्यसलाई उद्यम, आम्दानी र बजारसँग जोड्ने सम्भावना देखाएको छ।

अब चुनौती भनेको यी सीपलाई निरन्तरता दिँदै गुणस्तर, डिजाइन, बजार र ब्रान्डिङमार्फत दीर्घकालीन व्यवसायमा रूपान्तरण गर्नु हो।
तस्विरहरु :

लेखक अनिता गुरुङ तमु (गुरुङ) संचारकर्मीसंघ नेपालका उपाध्यक्षहुनुहुन्छ |

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com