Feature
गौरा पर्व
काठमाडौंमा गौरा पर्व हर्षोल्लासका साथ मनाइएको छ।
विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व सोमबार दिउँसो टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो।
गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने धार्मिक विश्वास छ। गौरामा पर्वमा महिलाहरूले मागल गाउने गर्छन्। मागल गायन एक किसिमको धार्मिक लोकगाथा र भगवानको आराधना हो।
गौरा पर्वको मुख्य आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरूद्ध व्यङ्ग गर्ने चलन छ। एकताको पर्वका रूपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ।
You must be logged in to post a comment Login