Feature
ग्वार्को फ्लाइओभरमा कालोपत्रे सुरू
ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभरको संरचना निर्माण सकिएपछि कालोपत्रे कार्य सुरू गरिएको छ। २०७९ मंसिर १६ गतेदेखि सुरू भएको फ्लाइओभरको कोटेश्वरतर्फको भागमा अहिले कालोपत्रे भइरहेको छ भने सातदोबाटोतर्फको भाग पनि मौसम अनुकूल भए बिहीबार रातिसम्म कालोपत्रे गरिने निर्माण कम्पनीले जनाएको छ।
फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने सवारी चढ्नका लागि दायाँतर्फ १८० मिटर र बायाँतर्फ ११० मिटर लम्बाइको र्याम्प निर्माण हुनेछ। कुल ४५५ मिटर लम्बाइको यो परियोजनाको ८२ प्रतिशत काम सकिएको छ। बाँकी काम समयमै सम्पन्न भएमा फ्लाइओभर जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी छ।
फ्लाइओभर निर्माणको जिम्मा आशिष–समानान्तर जेभीले लिएको हो।
You must be logged in to post a comment Login