Feature
घोडेजात्रा
काठमाडौंमा घोडे जात्रा मनाइएको छ।
प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो।
जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो।
उक्त समारोहमा सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरेको हो।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे।
राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयबासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।
सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीबासीमा छ।
You must be logged in to post a comment Login