Feature
ढकमक्क ज्याकरान्डा
ढकमक्क फुलेका ज्याकरान्डा फूलले काठमाडौंमा सौन्दर्य बढाएको छ।
निला ज्याकरान्डाका फूलले मूलसडक र चोक रंगीन पारेका छन्।
ज्याकरान्डा फूल केही दिनमै रुखबाट झर्छन्। तर जतिञ्जेल फुल्छन्, बेफिक्रीसँग फुल्छन्। झरेपछि पनि ज्याकरान्डा फूलले भुइँ निलाम्ये बनाउँछ।
ज्याकरान्डा फूलले काठमाडौंको दरबारमार्ग, सुन्धारा, रत्नपार्क क्षेत्रमा धूलोले लतपतिएको सहरलाई अहिले आकर्षक बनाएको छ।
You must be logged in to post a comment Login