सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ।बजारमा गोरखा, तनहुँ, स्याङ्जा र कास्कीलगायत जिल्लाबाट सुन्तला भित्रिन थालेका छन्। आकार र गुणस्तरका आधारमा बिक्री भइरहेको सुन्तलाको मूल्य प्रतिढग (५ केजी) ३५० देखि ६०० रुपैयाँसम्म रहेको व्यापारीहरूले बताएका छन्।
सिजन सुरु भएसँगै सुन्तलाको आपूर्ति बढ्दै गएको र आगामी दिनमा थप जिल्लाबाट सुन्तला भित्रिने अपेक्षा गरिएको छ। उत्पादन तथा आपूर्ति बढेसँगै बजारमा कारोबारसमेत थप विस्तार हुने व्यापारीहरूको अनुमान छ।
नेपाल फोटो लाइब्रेरी
