Site icon Street Nepal

चितवनको वन्यजन्तु पर्यटन निकुञ्जबाहिरका सामुदायिक वनसम्म विस्तार

एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही र विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य हो। तर चितवनको वन्यजन्तु पर्यटन अब राष्ट्रिय निकुञ्जमा मात्रै सीमित छैन।

निकुञ्जबाहिर रहेका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वन पनि वन्यजन्तु अवलोकन र प्रकृति पर्यटनका नयाँ गन्तव्यका रूपमा विकास भइरहेका छन्। यी वनक्षेत्रमा पर्यटकले प्राकृतिक वातावरणमा वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्ने अवसर पाउँछन्।

सामुदायिक वनमा विस्तार हुँदै गएको पर्यटनले चितवनको पर्यटकीय गतिविधिलाई थप विविध बनाएको छ। यसले स्थानीय समुदायको पर्यटनमा सहभागिता बढाउनुका साथै वन संरक्षण र प्राकृतिक सम्पदाको महत्त्वसमेत उजागर गरेको छ।

यसरी राष्ट्रिय निकुञ्जसँगै सामुदायिक वनको संरक्षण र प्रवर्द्धनले चितवनलाई वन्यजन्तु तथा प्रकृति पर्यटनको थप फराकिलो गन्तव्यका रूपमा चिनाउन मद्दत गरिरहेको छ।

  तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी

Exit mobile version