Site icon Street Nepal

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु परिवर्तनको असर नेपालजस्ता जोखिममा रहेका देशले बढी भोग्नुपरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

गत शनिबार नागरिक समाज, ट्रेड युनियन तथा विभिन्न सामाजिक संघसंस्थाको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले जलवायु सङ्कटमा बढी जिम्मेवार विकसित देशले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

प्रदर्शनकारीहरूले जलवायु वित्त ऋणका रूपमा नभई अनुदानका रूपमा उपलब्ध गराउनुपर्ने, जलवायु परिवर्तनबाट भएको क्षति बेहोरेका समुदायलाई क्षतिपूर्ति दिनुपर्ने र प्रभावित समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका थिए।

उनीहरूले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अत्यधिक गर्मी र अनियमित मौसमको असर किसान, श्रमिक, आदिवासी जनजाति तथा विपन्न समुदायले बढी भोगिरहेको उल्लेख गरे। जलवायु नीतिमा प्रभावित समुदायको सहभागिता र उनीहरूको जीविकोपार्जनको सुरक्षालाई प्राथमिकता दिनुपर्ने मागसमेत राखेका थिए।

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको सन्दर्भमा गरिएको प्रदर्शनमार्फत जलवायु न्याय र विकसित राष्ट्रको ऐतिहासिक जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिइएको हो।

नेपाल फोटो लाईब्रेरी

Exit mobile version