सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ।
सोमबार बिहान पाँच जना सवार रहेको पेट्रोलबाट चल्ने उक्त कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगोतीव्र गतिमा फैलिँदा कार पूर्ण रूपमा जलेर नष्ट भएको छ।
कार पूर्ण रूपमा ध्वस्त भए पनि त्यसमा सवार पाँचै जना सकुशल रहेको बताइएको छ। घटनामा मानवीय क्षति नभएको जनाइएको छ।
नेपाल फोटो लाइब्रेरी

