जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ आज साँझ ललितपुरको पाटन पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद जगदीश खरेलसहित पुगेका उनीहरूले सुनधारा, टंगाल, ओकुबहाल, अग्निशाला, पिम्बहाल हुँदै मंगलबजारसम्मको क्षेत्रमा स्थानीयसँग भेटघाट तथा कुराकानी गरेका थिए।
कार्यक्रममार्फत मन्त्रीहरूले स्थानीयका गुनासा, समस्या र सुझाव सुनेका थिए।
