Site icon Street Nepal

नमोबुद्धबाट हिमशृङ्खलाको मनमोहक दृश्य

काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ।

मौसम सफा भएसँगै आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका हिमशृङ्खला स्पष्ट देखिएका हुन्।

टाढासम्म फैलिएका सेताम्मे हिमाल, नीलो आकाश र आसपासको प्राकृतिक दृश्यले नमोबुद्ध क्षेत्रको सुन्दरता थप आकर्षक बनाएको छ। मौसम खुलेसँगै यहाँबाट देखिने हिमाली दृश्यले प्रकृतिप्रेमी तथा घुमफिरका लागि निस्कने पर्यटकलाई लोभ्याउने गरेको छ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नमोबुद्ध बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थलसमेत हो।

शान्त वातावरण, प्राकृतिक सुन्दरता र हिमाली दृश्यका कारण नमोबुद्ध धार्मिक पर्यटनसँगै प्रकृति अवलोकनका लागि पनि आकर्षक गन्तव्यका रूपमा परिचित छ।

नेपाल फोटो लाईब्रेरी

default
default
default
default
default
Exit mobile version