Connect with us

lifestyle

THE TRUE STORIES PROJECT

Published

on


The U.S. Embassy started an art exhibition “The True Stories Project” at Patan Museum from 13th of July to 31st of July. Exhibition is curated by the Siddhartha Art Foundation with the aim of raising awareness on trafficking persons. Internationally renowned artists including seven American artists have created these artworks through a series of interactive workshops with young survivors of trafficking and at risk youth.


Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

बौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)

Published

on

लामो समयदेखि बौद्ध दर्शन तथा चर्या नृत्य क्षेत्रमा योगदान दिँदै आउनुभएका गुरु यज्ञमान पति बज्राचार्यलाई काठमाडौंमा विशेष सम्मान गरिएको छ।

काठमाडौंको राष्ट्रिय नाचघरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा युनेस्को र काठमाडौं सिटी अफ फिल्म्सद्वारा आयोजित “चर्या प्रवाह” कार्यक्रममा उहाँलाई सम्मान प्रदान गरिएको हो।

नेपा: डान्स एकेडेमी, बौद्ध दर्शन अध्ययन पुचः र नेपा सांस्कृतिक पुचःको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न कलाकारहरूले चर्या नृत्य प्रस्तुत गर्दै गुरु बज्राचार्यप्रति सम्मान व्यक्त गरेका थिए।

सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै गुरु यज्ञमान पति बज्राचार्यले कार्यक्रमको वातावरण अत्यन्त आध्यात्मिक र भावुक रहेको बताउनुभयो। उहाँले यस्ता सांस्कृतिक कार्यक्रम दुर्लभ हुने उल्लेख गर्दै आफ्नो जीवनको सार्थकता महसुस भएको प्रतिक्रिया दिनुभयो।

कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरु बज्राचार्यले जात, उमेर वा समुदायको भेदभाव नगरी सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दै आएको बताउनुभयो।

कार्यक्रमको संयोजन रीना महर्जन, रोहिया महर्जन र गम्भीर मान सिंहले गर्नुभएको थियो भने सञ्चालन सदिक्ष्या श्रेष्ठले गर्नुभएको थियो। आयोजकका अनुसार “चर्या प्रवाह” कार्यक्रमले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Continue Reading

Feature

नेपाली यात्रुले अब विश्वभरका होटल नेपाली मुद्रामै बुक गर्न सक्ने

Published

on

नेपालको लोकप्रिय ट्राभल एप ट्रीप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै नेपाली यात्रुले अब अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामै बुक गर्न सक्ने भएका छन्।

ललितपुरमा सार्वजनिक गरिएको जानकारीअनुसार, ट्रिप टर्बो प्रयोगकर्ताले अब अगोडाको विश्वव्यापी होटल नेटवर्कमा पहुँच पाउनेछन्, जहाँ विश्वभरका लाखौं होटल तथा आवास सुविधा उपलब्ध छन्। कम्पनीका अनुसार यस सहकार्यले नेपाली यात्रुका लागि एउटै स्थानीय प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय होटल खोज्ने, तुलना गर्ने र बुक गर्ने प्रक्रिया अझ सहज बनाउनेछ।

हालका वर्षहरूमा नेपालीहरूको अन्तर्राष्ट्रिय यात्राप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै यो सेवा विस्तार गरिएको ट्रिप टर्बोले जनाएको छ। कम्पनीका अनुसार अब प्रयोगकर्ताले घरेलु तथा अन्तर्राष्ट्रिय उडान, होटल, बस टिकट, गतिविधि तथा स्टे सेवा एउटै एपबाट लिन सक्नेछन्।

सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले सेप्टेम्बर २०२४ मा आफ्नो मोबाइल एप सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार एपले छोटो अवधिमै एन्ड्रोइड र आईओएसमा पाँच लाखभन्दा बढी डाउनलोड हासिल गरिसकेको छ।

सिंगापुर मुख्यालय रहेको अगोडा बुकिङ्ग होल्डिङ्ग अन्तर्गत सञ्चालन हुने विश्वव्यापी ट्राभल प्लेटफर्म हो, जसले विश्वभर ६० लाखभन्दा बढी होटल तथा आवास सेवामा पहुँच उपलब्ध गराउँदै आएको छ।

Continue Reading

Feature

काठमाडौकै आकर्षक बाटो (तस्विरहरु)

Published

on

नारायणगोपाल चोकदेखि चप्पल कारखाना खण्ड अहिले निकै आकर्षक बनेको छ।

नेपाल सरकारकै लगानीमा बनेको ७०० मिटर लामो यो ८ लेन सडकमा जेब्रा क्रसिङ्ग, लेन मार्किङ र कालोपत्रे काम पूरा भएपछि सडक निकै आकर्षक देखिएको हो।

चीनले कलंकीदेखि बसुन्धारासम्म मात्रै चक्रपथ विस्तार गर्ने भएपछि यो भाग नेपाल सरकारले आफैं निर्माण गरेको हो। सडकको डिजाइन सडक डिभिजन काठमाडौंले तयार गरेको बताइएको छ।

अब महाराजगञ्जदेखि गोपीकृष्ण पुलसम्म विस्तार गर्ने तयारी भइरहेको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com