Connect with us

entertainment

NEPALI DHAKA ATTIRE AT RAMP

Published

on


In Nepali Dhaka attire world Tehrathume Dhaka Collection is a brand which produces traditional to modern Dhaka attires. Few days back there was a fashion show named Fashion Show Nepal in Nachghar Complex Jamal. Models walk the ramp in dresses prepared by Tehrathume Dhaka Collection. Show was choreographed by famous RJ/Model/Choreoghrapher Kala Subba and Himani Subba.



Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

मौलिक गुरुङ संस्कृति र ग्रामीण पर्यटनको गन्तव्य बन्दै घुर्केश

Published

on

चितवनको इच्छाकामना गाउँपालिका–२ मा पर्ने घुर्केश गाउँ पुरानो गुरुङ बस्तीका रूपमा परिचित छ। परम्परागत घर, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीका कारण पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ।

घुर्केशमा अझै पनि परम्परागत शैलीका घर तथा गाउँको मौलिक संरचना देख्न सकिन्छ। गुरुङ समुदायको भाषा, भेषभूषा, खानपान, संस्कार र परम्पराले गाउँको सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ।

गाउँमा स्थानीयको पहल तथा गाउँपालिकाको सहयोगमा १४ घरमा होमस्टे सञ्चालनमा रहेको छ। होमस्टेमार्फत पर्यटकले स्थानीय परिवारसँग बसेर गुरुङ समुदायको जीवनशैली, संस्कृति र खानपान नजिकबाट अनुभव गर्न सक्छन्।

शान्त वातावरण, हरियाली डाँडाकाँडा र प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधता घुर्केशको अर्को आकर्षण हो। इच्छाकामना क्षेत्रका सिराइचुली, जलबिरे झरना, उपरदाङगढीलगायतका पर्यटकीय गन्तव्यसँग जोडेर घुर्केशलाई ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।

परम्परागत संस्कृति र मौलिकता जोगाउँदै पर्यटन प्रवर्द्धन गर्न सके घुर्केशले चितवनको ग्रामीण पर्यटनमा छुट्टै पहिचान बनाउन सक्छ।

DCIM\109MEDIA\DJI_0514.JPG
Continue Reading

entertainment

स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह

Published

on

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको धारणा राखेका थिए।

न्युयोर्कमा रहँदा उनले नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत कार्यक्रममा समेत सहभागिता जनाएका थिए।

न्युयोर्कबाट दोहा हुँदै काठमाडौँ फर्किएका प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा प्रेस ब्रिफिङ गर्ने तयारी गरेको छ।

Continue Reading

entertainment

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

Published

on

डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ।

बहाव बढेसँगै बागलुङ, पर्वत र म्याग्दी प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मुस्ताङतर्फबाट लेदोसहितको बाढी नदीमा मिसिँदा बहाव बढेको प्रहरीले जनाएको छ। बेनी, नियरघाट, मालढुङ्गालगायत क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

पर्वतको मोदीवेणीमा कालीगण्डकीको पानी चेतावनी तहभन्दा माथि पुगेको छ। यहाँ ७ मिटर चेतावनी तह रहेकोमा पानीको सतह ७.७५ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

तीनवटै जिल्लाका प्रहरीले तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराइरहेका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com