Video
AAMA MERO AAMA BY BENUKA RAI

Heart touching music video ‘Aama mero aama’ by Benuka Rai was released on International Day against Enforced Disappearance 2018. The song is written by Hangyug Agyat as a tribute to his late mother and to all the mothers around world. During 10 long years of armed conflict in Nepal many people were forcibly disappeared and their status are still unknown. So through out the video creators have tried to show the issues of disappeared one’s families. This video is produced by famous actor Dayahang Rai and directed by Som Nath Khanal. Cinematographer Rabindra Neupane have captured and Kiran Chamling Rai have edited the video. Babita Malla Thakuri, Samjhana Sirpali & Sinjal Bhattarai are featured in the video.




Video
५३० किलोमिटर रेन्ज दिने एमजी एससिक्स कस्तो छ ? भिडियो हेर्नुस !
नेपालमा हालै सार्वजनिक गरिएको नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी एस सिक्स’ अहिले अटो बजारमा निकै चर्चामा छ। आधुनिक डिजाइन, लक्जरी फिचर र शक्तिशाली परफर्मेन्सका कारण यो गाडी धेरैको आकर्षण बनेको हो।
हामीले नक्सालस्थित एमजी शोरुम पुगेर एमजी एस सिक्सको सम्पूर्ण फिचर, डिजाइन, टेक्नोलोजी र परफर्मेन्सबारे विस्तृत भिडियो सामग्री तयार गरेका छौँ।
यो फुल साइज इलेक्ट्रिक एसयूभीमा १२४ लिटरको फ्रन्क स्टोरेज, एक्टिभ एअर इन्टेक, एडास सेन्सर, ३६० डिग्री क्यामरा, २० इन्चका टायर, रेन सेन्सिङ वाइपर तथा १९५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता आधुनिक फिचर समावेश छन्।
त्यस्तै, ५८१ लिटरको इलेक्ट्रिक बुट स्पेस, फुट सेन्सरबाट बुट खुल्ने सुविधा, वायरलेस चार्जिङ, हिटेड तथा भेन्टिलेटेड सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, हेडअप डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले लगायतका प्रिमियम सुविधा पनि यसमा दिइएको छ।
१८० किलोवाटको मोटर जडान गरिएको यो गाडीले एक पटकको चार्जमा ५३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ भने डीसी फास्ट चार्जरमार्फत करिब ३८ मिनेटमै फुल चार्ज गर्न सकिने बताइएको छ।
एमजी एस सिक्स वास्तवमै नेपाली सडक र प्रयोगकर्ताका लागि कत्तिको उपयुक्त छ ? यसको डिजाइन, ड्राइभिङ अनुभव, टेक्नोलोजी र सबै फिचरको सम्पूर्ण जानकारीका लागि हाम्रो फुल भिडियो हेर्न नभुल्नुहोस्।
Auto
कस्तो छ ? यामाहाको एफजेडएस-एफआई हाइब्रिड’ बाइक (भिडियो)
यामाहाले नेपाली सडकमा सुहाउदो नयाँ प्रविधियुक्त एफआई हईब्रिड मोटरसाइकल नेपालमा ल्याएको छ।
नेपाली बजारमा नयाँ प्रविधिसहित आएको एफआई हईब्रिड मोटरसाइकल अहिले विशेषगरी युवा र दैनिक सहर यात्रुहरूबीच लोकप्रिय बन्दै गएको छ।
आधुनिक BS6 इन्जिन र OBD2B सिस्टमले सुसज्जित यो बाइकले कम प्रदूषण उत्सर्जन गर्दै वातावरणमैत्री सवारीको अनुभव दिन्छ। साथै, सेन्सरमा समस्या देखिएमा MIL लाइटमार्फत समयमै जानकारी दिने भएकाले यसको मर्मतसम्भार पनि सहज हुन्छ।
यस बाइकको सबैभन्दा आकर्षक पक्ष भनेको यसको माइल्ड हाइब्रिड टेक्नोलोजी हो। बाइकलाई जेरो स्पिडबाट अघि बढाउँदा सुरुका करिब ३ सेकेन्डसम्म ब्याट्रीले अतिरिक्त पावर असिस्ट दिने भएकाले पिकअप राम्रो हुन्छ र इन्जिनमा पर्ने लोड घट्छ। यही कारणले गर्दा इन्धन खपत कम भई माइलेज पनि सुधारिन्छ। कम्पनीका अनुसार, सहरको ट्राफिक अवस्थालाई ध्यानमा राख्दा यसले औसतमा करिब ५५ देखि ६५ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिन सक्ने बताइएको छ, जुन दैनिक प्रयोगका लागि निकै किफायती मानिन्छ।
यसमा रहेको अटोमेटिक स्टप स्ट्राट सिस्टमले ट्राफिक जाम वा रेड लाइटमा रोकिने बेला इन्जिन आफैँ बन्द हुने र क्लच लिंदा आफै स्ट्राट हुन्छ , जसले अनावश्यक इन्धन खर्च घटाउँछ। त्यस्तै Traction Control System (TCS)ले चिप्लो बाटोमा टायर स्लिप हुन नदिई सुरक्षामा सहयोग पुर्याउँछ भने ईको इन्लेडिकेटरले किफायती गतिमा बाइक चलाउँदा संकेत दिई माइलेज बढाउन मद्दत गर्छ।
यसका अतिरिक्त साइलेन्ट स्ट्राट, साइड स्ट्यान्ड इन्जिन कट-अफ, र कल/मेसेज सूचना प्रणाली जस्ता स्मार्ट फिचरहरूले यसलाई अझ सुरक्षित र आधुनिक बनाएका छन्। समग्रमा, राम्रो माइलेज, आधुनिक प्रविधि र नेपाली सडकअनुकूल डिजाइनका कारण यो बाइक अहिले “भ्यालु फर मनी” विकल्पका रूपमा उभिएको देखिन्छ।
थप जानकारीको लागी भिडियो हेर्नुहोस्
Offbeat
रोयल इनफिल्डको गोवन क्लासिक ३५० कस्तो छ ? (भिडियो)
नेपाली सडकमा नयाँ स्टाइल र क्लासिक फील ल्याउने रोयल इनफिल्ड गोवन क्लासिक ३५० अहिले युवापुस्तामाझ निकै चर्चामा छ। ‘बबर’ डिजाइनमा तयार गरिएको यो बाइकले आकर्षक लुक्ससँगै आरामदायी राइडिङ अनुभव दिन्छ।
यसमा ३४९ सीसीको सिंगल सिलिन्डर, फ्युल इन्जेक्सन इन्जिन प्रयोग गरिएको छ, जसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ। साथै, डुअल च्यानल एबीएससहित अगाडि र पछाडि दुवैमा डिस्क ब्रेक दिइएको छ, जसले सुरक्षा मजबुत बनाउँछ।
यो बाइकमा एलईडी लाइट, ट्रिपर नेभिगेसन, सेमी–डिजिटल कन्सोल र USB चार्जिङ पोर्ट जस्ता आधुनिक फिचरहरू पनि उपलब्ध छन्। ह्वाइट वाल ट्युबलेस टायर, एल्युमिनियम स्पोक ह्विल र लो सिट हाइटले यसलाई स्टाइलिस मात्र नभई सहज पनि बनाएको छ।
नेपालमा यसको मूल्य ५ लाख ९८ हजार रुपैयाँदेखि सुरु भएर ६ लाख २ हजार रुपैयाँसम्म पर्छ, भेरियन्ट अनुसार फरक पर्छ।
यदि तपाईं यो बाइकको डिजाइन, परफर्मेन्स र वास्तविक राइडिङ अनुभवबारे अझ विस्तृत जानकारी लिन चाहनुहुन्छ भने, सम्पूर्ण जानकारीका लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोस्।
-
entertainment3 weeks agoहङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’
-
entertainment4 weeks agoवर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
-
Offbeat2 weeks agoबबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
-
entertainment7 days agoबौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
-
Auto4 weeks agoपल्सर एनएस ४०० जेड अब ३४९ सीसी इन्जिनमा
-
Feature3 weeks agoपर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान
-
Auto4 weeks agoनेपाली सडकमा रोयल इन्फिल्ड ‘गोवन क्लासिक ३५०’ को आगमन (तस्विरहरु)
-
entertainment4 weeks agoपिके क्याम्पसको पर्खालमा प्रतिविम्बित आदिवासी संस्कृति


You must be logged in to post a comment Login