Connect with us

Offbeat

ATJON AWARDED 7 JOURNALISTS

Published

on

Association of Tamu (Gurung) Journalist of Nepal (ATJON) praised journalist and inaugurated Gurung News Dotcom year book at an event organized today at Tundikhel Kathmandu. ATJON publishes a year book in every lhosar covering news of Gurung people’s achievements within one year. Seven journalists were honored by different-different awards for their contribution. In co-ordination of former president of ATJON and present president of FONIJ Danda Gurung lead the prize selection committee. Seven honored journalist were Tourism online’s Juli Gurung by Sushri Bhadra Kumari Ghale Patrakarita Puraskar, Everesttimes UK’s Milan Gurung by Tamu Aadikabi Patrakarita Puraskar, Unitedkhabar.com’s Raj Bahadur Gurung and Nepal Television’s Gajurdhar Rai by Former Chief of Army Chhatra Man Gurung and Kamala Gurung Patrakarita Puraskar, Mukundasen TV’s Ashif Gurung by Laxmi Gurung patrakarita Puraskar, Sagarmatha TV’s Aash Gurung by CI Tek Bahadur Gurung and Ras Kumari Gurung Patrakarita Puraskar, Janata Television’s Aananda Gurung by Tamu Patrakarita Puraskar.

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Art

पूर्वी हिमालयको कला र संस्कृति अब पाटनमा

Published

on

भुटान, नेपाल र सिक्किमका समकालीन कलाकारहरूलाई एकै थलोमा ल्याउने अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘रिवो: आइडेन्टिटी एन्ड कन्टिन्युटी’ आगामी अगस्ट महिनामा नेपालको पाटन म्यूजियममा आयोजना हुने भएको छ।

पूर्वी हिमालय क्षेत्रको साझा सांस्कृतिक पहिचान, परम्परा र निरन्तरतामाथि केन्द्रित यो प्रदर्शनी रियो कलेक्टिभ अफ सिक्किमको आयोजमा हालै भारतको सिक्किममा सम्पन्न भएको थियो। गान्तोकमा सफल प्रदर्शनपछि अब यो प्रदर्शनी नेपाली कला पारखीमाझ ल्याउन लागिएको आयोजक  मुस्कान राईले जानकारी दिइन्।

प्रदर्शनीमा भुटान, सिक्किम र नेपालका कलाकारहरूले तयार गरेका विविध चित्रकला, दृश्य कला तथा समकालीन सिर्जनाहरू प्रस्तुत गरिनेछन्।

आयोजकका अनुसार कलामार्फत पूर्वी हिमालय क्षेत्रका समुदायहरूबीच रहेका साझा अनुभव, सांस्कृतिक सम्बन्ध, पहिचान र समयसँगै निरन्तर रहँदै आएका परम्पराहरूलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।

नेपालबाट कलाकार मनोज राई र सन्देश गुरूङ सहभागी रहेका छन्। उनीहरूसहित भुटान र सिक्किमका विभिन्न समकालीन कलाकारहरूको सिर्जना एकै स्थानमा अवलोकन गर्न पाइनेछ।

आयोजकहरूले यो प्रदर्शनीलाई केवल कला प्रदर्शन मात्र नभई पूर्वी हिमालय क्षेत्रका कलाकार, संस्कृति र समुदायबीच संवाद र सहकार्यको माध्यमका रूपमा लिएका छन्।

 प्रदर्शनीमार्फत दर्शकहरूले तीन देशका कलाकारहरूको दृष्टिकोणबाट पहिचान  र निरन्तरताका विषयलाई नयाँ ढंगले अनुभूति गर्न सक्ने अपेक्षा गरिएको छ।

कला, संस्कृति र हिमाली सभ्यताप्रति रूचि राख्ने नेपाली दर्शकका लागि ‘रिवो: आइडेन्टिटी एन्ड कन्टिन्युटी’ विशेष आकर्षण बन्ने विश्वास गरिएको छ। 

आयोजकका अनुसार आगामी अगस्टमा पाटन म्युजियममा हुने यो प्रदर्शनीले नेपाल, भुटान र सिक्किमका कलाकारहरूको सिर्जनात्मक यात्रालाई एउटै मञ्चमा प्रस्तुत गर्दै पूर्वी हिमालयको साझा सांस्कृतिक कथा उजागर गर्नेछ।

Continue Reading

Offbeat

नेपाल–साउदी अरब श्रम सम्झौताः वैदेशिक रोजगारीमा नयाँ अध्याय

Published

on


काठमाडौं, जेठ १४

नेपाल र साउदी अरबबीच वैदेशिक रोजगारीका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले महत्वपूर्ण श्रम सम्झौता भएको छ। सम्झौतामा हस्ताक्षर गर्दै दुवै देशले सुरक्षित, व्यवस्थित र पारदर्शी श्रम आप्रवासन प्रणालीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

सम्झौता अनुसार, साउदी अरबमा काम गर्ने नेपाली कामदारहरूको अधिकार र हित सुनिश्चित गर्न विशेष व्यवस्था गरिनेछ। यसमा सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, न्यूनतम तलब, कामको वातावरण, र विवाद समाधानका स्पष्ट प्रावधानहरू समावेश गरिएको छ।

नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले भने, ‘यो सम्झौता नेपाली कामदारहरूको जीवनस्तर सुधार गर्ने दिशामा ठुलो कदम हो।’ साउदी अरबका श्रम मन्त्रीले पनि दुवै देशबीचको सहकार्यले श्रम बजारलाई अझ व्यवस्थित र पारदर्शी बनाउने विश्वास व्यक्त गरे।

सम्झौता अन्तर्गत, दुवै देशले श्रमिकहरूको तालिम, दक्षता विकास, र रोजगारीमा समान अवसर सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, वैदेशिक रोजगारमा हुने शोषण र ठगी रोक्न दुवै पक्षले संयुक्त निगरानी प्रणाली लागू गर्ने सहमति गरेका छन्।

नेपाल र साउदी अरबबीचको यो श्रम सम्झौता १९९५ पछि भएको पहिलो व्यापक सहकार्य हो। यसले आगामी दिनमा हजारौं नेपाली कामदारलाई सुरक्षित र सम्मानजनक रोजगारीको अवसर दिलाउने अपेक्षा गरिएको छ।

Continue Reading

entertainment

चेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी

Published

on

दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी भईरहेको छ।

प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले ढाकिएका डाँडा, चौँरीगोठ, स्थानीय जनजीवन तथा धार्मिक सम्पदाका आकर्षक तस्बिरहरू समेटिएका छन्।

पर्यटन पत्रकारितामा सक्रिय लामा लामो समयदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यका तस्बिर र आलेखमार्फत प्रचार–प्रसार गर्दै आएका छन्।

प्रदर्शनीमार्फत उनले चेर्दुङको प्राकृतिक सौन्दर्य, अध्यात्मिक महत्व तथा पदयात्रा पर्यटनको सम्भावना उजागर गर्ने प्रयास गरेका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा जन्मिएका लामा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि व्यावसायिक पत्रकारितामा सक्रिय भएका हुन्। उनी ‘कालिञ्चोक सन्देश’ साप्ताहिकबाट फोटो पत्रकारितामा परिचित बनेका थिए।

प्रदर्शनी जेठ १४, १५ र १६ गते क्रमशः बिहीबार, शुक्रबार र शनिबार आयोजना गरिने आयोजकले जनाएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com