Art
VETERAN ARTIST SUBHADRA DIES AT 73

Veteran artist Subhadra Adhikari dies at 73. She was suffering from pneumonia for a long time. Multi-talented Subhadra have done many works in four genre of art as a singer, dancer, theater artist and film artist. Subhadra started to perform on stage at the age of 5 and started filmy career through film MANKO BAANDH. Some of her notable films were JIBAN REKHA, BASUDEV, BEHULI, CHINO, MAYAPRITI, KANYADAN, KASTURI, SAPANA, etc. Besides Nepali film Subhadra have worked in few Pakistani films as well.
Art
किम्फको २३ औं संस्करण सुरु
काठमाडौंमा बुधबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अर्थात् किम्फको २३ औं संस्करण सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सव ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना भइरहेको छ।
यस वर्षको किम्फ भारतकी निर्देशक त्रिवेणी राईको चर्चित फिल्म ‘छोरा जस्तै’ अर्थात् ‘सेप अफ मोमो’ को नेपाल प्रिमियरबाट उद्घाटन गरिएको हो। महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्म प्रदर्शन हुँदैछन्।
‘नेपाल पानोरमा’ खण्डमा नेपाली समाज र समकालीन जीवन झल्काउने फिल्महरू पनि समावेश गरिएको छ। आयोजकका अनुसार यस वर्ष मनोरञ्जनसँगै सामाजिक मुद्दामाथि गम्भीर बहस सिर्जना गर्ने उद्देश्य राखिएको छ।
महोत्सवमा ‘एलिफेन्ट्स इन द फग’, ‘शाम्बाला’ लगायतका फिल्मसँग सम्बन्धित विशेष अन्तरक्रिया, सेन्सरशिपमाथिको छलफल, जापानी फिल्म ‘क्लाइम्बिङ फर लाइफ’ को विशेष प्रदर्शन तथा युवा केन्द्रित विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिँदैछन्।







Art
आर्टुडियोमा इजरायली कलाकारको एकल प्रदर्शनी हुने
ललितपुर स्थित आर्टूडियो इजरायली कलाकार ओहार मोरं मंकको ‘ह्वेर द वाटर फल्स’ नामक एकल कला प्रदर्शनी हुने भएको छ।
आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत कलाकारको काठमाडौं बसाइँका क्रममा तयार गरिएको उक्त प्रदर्शनी हुने भएको हो।
आगामी २९ मे २०२६ मा साँझ ६ बजे आर्टूडियो नेपालको पाटन विङ, नकबहिलस्थित आर्टुडियोमा प्रदर्शनीको उद्घाटन गरिने आयोजकले जनाएको छ। प्रदर्शनी सर्वसाधारणका लागि ३० मेदेखि २ जुनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ।
काठमाडौंमा गरिएको अनुसन्धान, अवलोकन र अनुभवका आधारमा विकसित प्रदर्शनीले नेपालका परम्परागत हिटी पानी प्रणाली, धार्मिक तथा सांस्कृतिक अभ्यास तथा दैनिक जीवनका अदृश्य संरचनालाई केन्द्रमा राखेको छ। प्रदर्शनीमार्फत स्मृति, भक्ति, दृश्यता र सामूहिक जिम्मेवारीजस्ता विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको आयोजकको भनाइ छ।
भिडियो, इन्स्टलेसन तथा नयाँ मिडिया माध्यम प्रयोग गरी तयार गरिएका कलाकृतिहरूमा पानीलाई केवल भौतिक आवश्यकताको रूपमा नभई स्मृति, विश्वास, हेरचाह र रूपान्तरणको प्रतीकात्मक माध्यमका रूपमा चित्रण गरिएको छ। प्रदर्शनीले देखिने र नदेखिने संरचनाबीचको सम्बन्ध उजागर गर्दै समाजले कसरी सम्झन्छ, परिवर्तन गर्छ र बिर्सन्छ भन्ने प्रश्नसमेत उठाएको छ।
आर्टुडियोका अनुसार “ह्वेर द वाटर फल्स”ले परम्परा र परिवर्तनबीचको सम्बन्धलाई केन्द्रमा राख्दै सांस्कृतिक स्मृति समयसँगै कसरी निर्माण र पुनःकल्पना हुन्छ भन्ने विषयमा चिन्तन प्रस्तुत गर्छ।
प्रदर्शनी एआईआर अन्तर्गतको कलाकार आवासीय अभ्यासको परिणाम भएको जनाइएको छ। आर्टुडियोले अन्तर्राष्ट्रिय कलाकार आवास कार्यक्रमलाई नेपालको समकालीन कला क्षेत्रलाई विश्वव्यापी संवाद, अनुसन्धान र सिर्जनात्मक आदानप्रदानसँग जोड्ने दीर्घकालीन अभ्यासका रूपमा अघि बढाइरहेको जनाएको छ।
आर्टुडियोका संस्थापक तथा समकालीन कलाकार कैलाश श्रेष्ठले अन्तर्राष्ट्रिय कलाकार आवास कार्यक्रम नेपाललाई समकालीन कलाको विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टिकोणसँग जोडिएको बताए।
Art
अन्तर्राष्ट्रिय मञ्चदेखि नेपाली चलचित्रसम्म तेरिया
नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् तेरिया फौजा मगर। सानै उमेरदेखि नृत्यप्रति गहिरो रुचि राख्ने उनले अन्तर्राष्ट्रिय रियालिटी शो जित्दै नेपाली प्रतिभालाई विश्वसामु चिनाएकी थिइन्।
उनको आत्मविश्वास, मेहनत र फरक प्रस्तुतीले उनलाई केवल नृत्यमा मात्र होइन, अभिनय क्षेत्रमा पनि स्थापित गराउँदै लगेको छ।
नृत्यबाट सुरु भएको उनको कला यात्रा अहिले चलचित्रसम्म आइपुगेको छ। विभिन्न म्युजिक भिडियो, स्टेज प्रस्तुति तथा अभिनयमार्फत दर्शकमाझ लोकप्रिय बनेकी तेरिया अब नयाँ चलचित्र मितज्यु मार्फत दर्शकमाझ आउँदैछिन्।
जेठ ८ देखि प्रदर्शनमा आउन लागेको यस चलचित्रमा उनले भावनात्मक र परिपक्व भूमिका निर्वाह गरेकी छन्।
चलचित्र “मितज्यु” मा तेरियाको अभिनयलाई विशेष रूपमा हेरिएको छ। यसअघि नृत्यमा देखिएको उनको अभिव्यक्ति र ऊर्जा अब अभिनयमा पनि झल्किएको निर्माण टिमको दाबी छ।
चलचित्रको ट्रेलर र गीतमार्फत दर्शकले उनको अभिनयको झलक पाइसकेका छन्, जसले दर्शकमाझ उत्सुकता बढाएको छ।
तेरिया फौजा मगरको यात्रा नेपाली युवापुस्ताका लागि प्रेरणाको उदाहरण बनेको छ। निरन्तर मेहनत, अनुशासन र सिर्जनात्मकताले उनले आफूलाई बहुआयामिक कलाकारका रूपमा स्थापित गर्दै लगेकी छन्।
अब चलचित्र “मितज्यु” मार्फत उनको अभिनय यात्रा कति सफल हुन्छ भन्ने प्रतीक्षामा नेपाली दर्शक रहेका छन्।





-
entertainment3 weeks agoहङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’
-
entertainment4 weeks agoवर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
-
Offbeat2 weeks agoबबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
-
entertainment6 days agoबौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
-
Auto4 weeks agoपल्सर एनएस ४०० जेड अब ३४९ सीसी इन्जिनमा
-
Feature3 weeks agoपर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान
-
Auto4 weeks agoनेपाली सडकमा रोयल इन्फिल्ड ‘गोवन क्लासिक ३५०’ को आगमन (तस्विरहरु)
-
entertainment4 weeks agoपिके क्याम्पसको पर्खालमा प्रतिविम्बित आदिवासी संस्कृति


You must be logged in to post a comment Login