Connect with us

Feature

EX GURKHA’S AGAIN ON THE ROAD

Published

on

Ex Gurkha Satyagraha United Struggle Committee has come to the road for another time demanding equal pension rights and other facilities. Various Gurkha welfare organizations have actively urged Nepal and the UK government to resolve Gurkha’s grievances many times. According to the committee, both country’s government have failed to address the demand to date. The Ex-Gurkha Satyagraha United Struggle Committee submitted an ultimatum letter on 3rd May 2021 and still, they didn’t hear anything from the British government so the committee again organized a street march on 15th June 2021 to remind an ultimatum letter. The Committee representative also said that if they didn’t hear any positive response from Downing Street in London or Singha Durbar in Nepal, they have no option but to go ahead with their final campaign to achieve their goal. For the final campaign, 3 personnel of their campaign are ready to go for passive resistance (SATYAGRAHA).

Feature

आशिमाला प्लान्ट्स: प्रकृति र संस्कृतिको संगम

Published

on

राजधानी काठमाडौँ शहरबाट नजिकै, रिङ्गरोड छोडेर करिव २ किलोमिटर टाढा, हरियाली र थरीथरीका फुलहरुले भरिएको शान्त वातावरणमा छ ‘आशिमाला प्लान्ट्स’।

प्रकृति प्रेमीहरूका लागि बोटबिरुवा, अर्गानिक जीवनशैली र रैथाने संस्कृतिलाई एउटै थलोमा जोड्ने प्रयासस्वरूप चेली गुरुङले यसलाई स्थापना गरेकी हुन्।

परिवारको साथ र सहयोगमा सुरु गरिएको ‘आशिमाला’ नाम आफैंमा अर्थपूर्ण छ। गुरुङ भाषामा ‘आशिमाला’ लाई शुभ वा शुभकामनाको रुपमा लिइन्छ। यही भावनालाई आत्मसात गर्दै चेलीले बोटबिरुवामार्फत मानिसलाई प्रकृतिसँग जोड्ने लक्ष्य राखेकी छन्।

‘आशिमाला प्लान्ट्स’मा विभिन्न प्रकारका फूल फुल्ने तथा नफुल्ने (अर्नामेन्टल) बिरुवाहरू, साथै सकुलेन्ट प्रजातिका आकर्षक बिरुवाहरू उपलब्ध छन्। धेरैजसो बिरुवाहरू यहीँ उत्पादन गरिन्छ भने केही बाहिरबाट ल्याएर पनि बिक्री–वितरण गरिन्छ। गमला र आवश्यक सामग्रीसमेत एउटै ठाउँमा पाइने भएकाले यो स्थान बगैँचा र इनडोर प्लान्टप्रेमीहरूका लागि सहज गन्तव्य बन्दै गएको छ।

बोटबिरुवामै सीमित नरही, चेलीले ‘चेलीको चिया’मार्फत खानपान र संस्कृतिलाई पनि जोड्ने प्रयास गरेकी छन्। यहाँ गुरुङ समुदायका रैथाने परिकारहरूलाई प्राथमिकता दिइन्छ। चामलको जाँड ‘कोँइपा’, कोदोबाट बनाइने ‘नारेपा’ लगायतका परम्परागत पेय पदार्थ, साथै घिउमा तयार गरिने सेलरोटी यहाँका विशेष आकर्षण हुन्। सँगसँगै शाकाहारी र मांसाहारी परिकार, खाजा सेट र हल्का पेय पदार्थहरू पनि उपलब्ध छन्।

चेली गुरुङ यसअघि लामो समय सामाजिक क्षेत्रमा सक्रिय थिइन्। उनले करिब एक दशक लैंगिक समानता र द्वन्द्व व्यवस्थापनको क्षेत्रमा काम गरेकी अनुभव छ। त्यही अनुभवका बीचमा उनले आत्मशान्तिको खोज गर्दै प्रकृतिसँग नजिकिने बाटो रोजिन्, जसको परिणाम आज ‘आशिमाला प्लान्ट्स’को रूपमा देखिएको छ।

उनी भन्छिन्, बोटबिरुवाले मानिसलाई शान्त राख्न र सकारात्मक ऊर्जा दिन महत्त्वपूर्ण भूमिका खेल्छ। यही सन्देश फैलाउन आफूले यो प्रयास सुरु गरेको उनको भनाइ छ।

Continue Reading

Feature

नेपालकै अग्लो पुल फास्ट ट्रयाकमा निर्माण

Published

on

काठमाडौं–तराई/मधेश द्रुतमार्ग (केटिएफटी) अन्तर्गत नेपालकै सबैभन्दा अग्लो पुल काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक मा निर्माणाधीन रहेको छ।

मकवानपुरको लेनडाँडा र धोद्रे क्षेत्रमा बनिरहेको उक्त पुलको उचाइ करिब ८२ मिटर रहेको छ, जुन धरहरा भन्दा पनि अग्लो हो। करिब २७० देखि ३३९ मिटर लम्बाइको यो आधुनिक बक्स डिजाइन पुल भूकम्प प्रतिरोधी प्रविधिमा आधारित छ।

टनेलको मुख नजिक निर्माण भइरहेको यस पुलमा दुई समानान्तर संरचना रहनेछन्, जसले दुवै दिशामा सवारी आवतजावत सहज बनाउनेछ। हाल पुलको ढलान र संरचनागत काम अन्तिम चरणमा पुगेको छ।

नेपाली सेनाको नेतृत्वमा अघि बढिरहेको परियोजनामा समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ। निर्धारित समयमै सम्पन्न भएमा यो पुल नेपालकै पूर्वाधार विकासको प्रतीक बन्ने अपेक्षा गरिएको छ।

Continue Reading

Feature

बल्खु चोक: सडक, बजार र शिक्षाको केन्द्र

Published

on

काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित बल्खु चोक ऐतिहासिक महत्व बोकेको प्रमुख यातायात केन्द्रका रूपमा परिचित छ।

‘बल्खु’ नामको उत्पत्तिबारे विभिन्न जनश्रुति पाइन्छन्। कतिपयका अनुसार हिमाली भेगका मानिसले लगाउने ‘बख्खु’ शब्दबाट अपभ्रंश भई ‘बल्खु’ बनेको हो भने, नजिकै बग्ने बल्खु खोलाका कारण पनि यो नाम रहन गएको मानिन्छ। लिच्छविकालमै यो क्षेत्र महत्वपूर्ण सुरक्षा विन्दु र व्यापारिक केन्द्रका रूपमा विकसित भएको इतिहास छ।

हाल बल्खु चोकबाट चक्रपथ हुँदै कलङ्की, एकान्तकुना र कोटेश्वर पुग्न सकिन्छ भने बल्खु–दक्षिणकाली सडकमार्फत चोभार, फर्पिङ हुँदै दक्षिणकाली मन्दिरसम्म जोडिन्छ। यस्तै, यहाँबाट कीर्तिपुर र त्रिभुवन विश्वविद्यालय क्षेत्र पनि सजिलै पुगिन्छ।

आज बल्खु चोक देशकै ठूलो तरकारी तथा फलफूल बजार र त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका कारण अत्यन्त व्यस्त केन्द्र बनेको छ।

बल्खु चोक र यस वरपरको क्षेत्रको ड्रोन फोटो हेरौं-

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com