Connect with us

entertainment

Pokhara Street Festival

Published

on

“Pokhara Street Festival” is a Nepali anthem song for Street Festival of Pokhara. Composed by Binod Baniya, the song was sung by Rajani Rai, Itu Pal, Malati Gurung and Binod Baniya, while the lyrics were penned by Bashanta Thakali. The music video for the song was shot by Sooraz Shrestha which features the beautiful places of Pokhara. Organizers of the festival uploaded the video on social site you tube on December 4, 2014 for public viewing.

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

entertainment

गुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक

Published

on

काठमाडौं — आउँदै गरेको तमु ल्होछार पर्वको उत्साहलाई थप गर्दै गुरुङ समुदायको मौलिक रोधीं संस्कृतिमा आधारित नयाँ गीत ‘ङिल रोधिंरी’ सार्वजनिक भएको छ। गुरुङ भाषाको यो गीत नेपाली संगीत बजारमा आएको हो।

गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङ को स्वरमा सजिएको यो गीतको सार्वजनिक कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ।

सांस्कृतिक जगेर्नाको प्रयास

गीत सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेश तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडा अध्यक्ष पदम राज गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

अतिथिहरूले ‘ङिल रोधिंरी’ ले गुरुङ समुदायको लोपोन्मुख रोधीं संस्कृतिलाई संरक्षण गर्दै डिजिटल प्लेटफर्ममार्फत नेपाली संगीतलाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

को-को छन् संलग्न?

  • गीतकार: केशबहादुर गुरुङ
  • संगीत संयोजन: तेजेन्द्र गुरुङ
  • निर्देशन: उमेश गुरुङ
  • मुख्य कलाकार (भिडियोमा): आनन्द गुरुङ र दिपशिखा गुरुङ
  • सहयोगी स्वर: भिमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ्ग गुरुङ

कार्यक्रममा तमु कलाकार संघ नेपालका संस्थापक अध्यक्ष धर्मराज गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद उपत्यका प्रमुख सागर गुरुङ लगायतका व्यक्तित्वहरूको सहभागिता थियो। यस अवसरमा गुरुङ गीत–संगीत र संस्कृतिमा योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान पनि गरिएको थियो।

यो गीत गायिका दुर्गा गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Continue Reading

entertainment

कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’ 

Published

on

कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ।

अभिनेत्री उषा रजक, राज न्यौपानेसँगै नवअभिनेत्रीहरू सुहाना आचार्य, निकिता आचार्य लगायतका कलाकारको अभिनय रहेको नाटकले मिडियाको अतिरन्जित प्रभाव र सत्ताको खोक्रो पवित्रता माथिको व्यंग्य गरेको छ।

लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले यस नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।

रेमश पुरीको निर्माणमा बनेको यस नाटकमा अन्य कलाकारहरूमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायत कलाकारहरू मञ्चमा देखिनेछन्।

सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।

मंसिर २० गतेसम्म कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा बुधबार बाहेक हरेक साँझ ५ बजे महारानीको जात्रा मञ्चन हुनेछ।

Continue Reading

entertainment

अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल

Published

on

लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ।

टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा भाइरल बनेपछि अर्जुनले दर्शकको माया आफूलाई ठूलो प्रेरणा बनेको बताएका छन्।

‘पछ्यौरी लिसियो’ र ‘दुख साटम्ला’ जस्ता गीतबाट चर्चित सापकोटाको यस नवीनतम गीतमा मेलिना राई, समीक्षा अधिकारी र अर्जुन स्वयंको स्वर समावेश छ। सन्तोष सापकोटाको शब्दमा तयार गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन् भने प्रदीप रोदनको कविता वाचन पनि सुन्न सकिन्छ।

वैदेशिक रोजगारी र प्रेमको दूरीलाई कथावस्तु बनाइएको म्युजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा अर्जुन सापकोटा, कुसुम भण्डारी, शिवु पाण्डे तथा अन्य कलाकारको अभिनय देख्न सकिन्छ।

गीत सार्वजनिक भएको चार दिनमै विभिन्न सेलिब्रेटी र क्रिएटरहरूले रिल्स तथा टिकटक बनाउँदै ‘झलिको’लाई हालैको चर्चित सिर्जनामध्ये एक बनाएका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com