Offbeat
STAND UP COMEDIAN APOORVA KSHITIZ SINGH TO KEPT IN CUSTODY FOR 10 DAYS
District court Kathmandu has given permission to keep Apoorva Kshitiz Singh in custody for 10 more days. Apoorva was arrested after his recent stand up comedy video was released, the video was named as ‘Newari Parampara’. Newari social activists objected to his opinion towards Newari food, language and culture in his video. After Newar activist’s complaints Apoorva voluntarily went to the police station where he was arrested. Police have started to investigate him in custody. Apoorva has also asked for forgiveness through videos and his Facebook page.
entertainment
श्रद्धापूर्वक मनाइयो बरसाइत पर्व
पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो पर्व विशेषगरी विवाहित महिलाका लागि महत्वपूर्ण मानिन्छ।
बरसाइत पर्वमा नवविवाहिता महिलाले बिहेपछि आउने पहिलो पर्व अनिवार्य रूपमा श्रीमान्को घरमै मनाउने परम्परा रहेको छ। पर्वको अघिल्लो दिन नुहाइधुवाइ गरी सात्विक भोजन गर्ने चलन छ भने माइतीबाट लुगा, चुरा, सिन्दूर लगायतका शृङ्गार सामग्री पठाइने गरिन्छ।
आज बिहानैदेखि महिलाहरू रातो, पहेँलो र विभिन्न रंगका परम्परागत पहिरनमा सजिएर नजिकैको वर (बर) रुखमुनि पूजा गर्न पुगेका छन्। वर र पीपल दुवैको उपस्थितिलाई शुभ मानिने भएकाले सम्भव भएसम्म दुवै रुखसँगै पूजा गरिन्छ।
पूजाका क्रममा अंकुरी, फलफूल, नरिवल लगायतका प्रसाद वरको जरामा चढाइन्छ। महिलाहरूले सिन्दूरले वरको रुख सजाउँदै रातो र पहेँलो धागोले सात पटक बेर्ने परम्परा पनि निभाएका छन्। पति–पत्नीले सँगै परिक्रमा गर्ने र जल चढाउने चलनले दाम्पत्य सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ।
धार्मिक मान्यताअनुसार सावित्रीले आफ्नो पतिलाई मृत्युबाट बचाएको कथासँग यो पर्व जोडिएको छ। त्यसैले महिलाहरू दिनभर उपवास बसेर परिवारको सुख, शान्ति र पतिको दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक बरसाइत पर्व मनाउने गर्छन्।






Offbeat
बबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
काठमाडौंको बबरमहल क्षेत्र यतिबेला कला, संस्कृति र सम्पदाको खुला संग्रहालयजस्तै बनेको छ। सडकछेउको लामो सार्वजनिक पर्खालमा कोरिएका रंगीन चित्रहरूले राजधानीको पुरानो इतिहास, नेवारी सभ्यता र धार्मिक सम्पदालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
काठमाडौं महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको यो भित्ते कला अहिले सर्वसाधारणको आकर्षणको केन्द्र बनेको छ। सहरको व्यस्त वातावरणबीच यी चित्रहरूले काठमाडौंको मौलिक पहिचानलाई कलात्मक ढंगले सम्झाइरहेका छन्।
महानगरपालिकाले सार्वजनिक पर्खाललाई केवल खाली संरचना नभई संस्कृति बोल्ने माध्यम बनाउने उद्देश्यसहित पुरातात्विक महत्त्वका मूर्त तथा अमूर्त सम्पदाको चित्रणीकरण गरेको जनाएको छ। यसले एकातिर सहरको सौन्दर्य बढाएको छ भने अर्कोतर्फ नयाँ पुस्तालाई काठमाडौंको इतिहास र सभ्यताबारे जानकारी दिने काम पनि गरिरहेको छ।
भित्तामा कोरिएका चित्रहरूमा काठमाडौंको नेवारी संस्कृति स्पष्ट झल्किन्छ। परम्परागत वेशभूषा, सांस्कृतिक झाँकी, धार्मिक आस्था र ऐतिहासिक सम्पदाका दृश्यहरूले पुरानो काठमाडौंलाई सम्झाइदिन्छन्। त्यस्तै काष्ठमण्डप, स्वयम्भू महाचैत्य तथा काठमाडौं उपत्यकासँग जोडिएको मञ्जुश्रीको कथा पनि चित्रमार्फत प्रस्तुत गरिएको छ।
रंग, रेखा र शैलीको संयोजनले ती चित्रहरूलाई अझ जीवन्त बनाएको छ। सडकबाट हिँड्ने मानिसहरू केहीबेर रोकिएर ती कला नियालिरहेका देखिन्छन् भने धेरैले तस्वीर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा साझा गर्ने गरेका छन्।
यो कलात्मक अभियानमा प्रतिष्ठानका कलाकारहरू डि.बी. भण्डारी, विक्रम तामाङ, जीवन तामाङ, रसिक राज, सामर्थ थापा, भरत भण्डारी, सि.के. चौधरी, विक्कु कुमार थापा तथा आयुष बज्राचार्यलगायतको योगदान रहेको छ। कलाकारहरूको मेहनतले सामान्य पर्खाललाई काठमाडौंको इतिहास बोल्ने क्यानभासमा रूपान्तरण गरेको छ।
सहरका पर्खालमा यस्ता सांस्कृतिक चित्रहरू कोरिन थालेपछि काठमाडौं झन् कलात्मक र जीवन्त बन्दै गएको अनुभूति गर्न सकिन्छ। आधुनिक सहरको भीडभाडबीच यस्ता सिर्जनाले राजधानीलाई आफ्नो मौलिकता सम्झाइरहेका छन्।










Feature
शहरको भीडबीच सुस्ताउने ठाउँ शंख पार्क
काठमाडौंको धुम्बाराहीस्थित शंख पार्क राजधानीका पुराना तथा आकर्षक सार्वजनिक पार्कहरूमध्ये एक मानिन्छ ।
चक्रपथसँगै रहेको यो पार्क करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । हरियाली वातावरण, विभिन्न फूल तथा बोटबिरुवाले सजिएको पार्क शहरको व्यस्त जीवनबीच केही समय विश्राम लिन चाहनेका लागि उपयुक्त गन्तव्य बनेको छ ।

वि.सं. २०४३ सालमा तत्कालीन पञ्चायत व्यवस्थाको रजत जयन्तीको अवसरमा “पञ्चायत रजत जयन्ती पार्क” का रूपमा निर्माण गरिएको यो पार्क २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि “शंख पार्क” नामले पुनः नामाकरण गरिएको हो ।
हाल शंख पार्क केवल घुमफिर गर्ने स्थान मात्र नभई विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिको केन्द्रसमेत बनेको छ । यहाँ पिकनिक, भेटघाट, साना कार्यक्रम आयोजना गरिनुका साथै फिल्म, म्युजिक भिडियो तथा फोटोसुटका लागि पनि प्रयोग हुने गरेको छ ।
व्यस्त शहरी वातावरणको बीचमा रहेको यो पार्क बिहान–साँझ घुम्न आउने सर्वसाधारण, परिवार तथा युवापुस्ताको आकर्षणको केन्द्र बनेको देखिन्छ । हरियाली र खुला वातावरणका कारण शंख पार्क काठमाडौं महानगरभित्रको एक महत्वपूर्ण सार्वजनिक विश्रामस्थलका रूपमा परिचित छ ।

-
entertainment2 weeks agoहङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’
-
entertainment3 weeks agoवर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
-
entertainment3 weeks agoफरक खालको नाटक ग्राण्ड रिहर्सल
-
Auto3 weeks agoपल्सर एनएस ४०० जेड अब ३४९ सीसी इन्जिनमा
-
Offbeat7 days agoबबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
-
Feature4 weeks agoकाठमाडौं उपत्यकामा वायु प्रदूषण
-
Offbeat4 weeks agoरातो मच्छिन्द्रनाथ रथयात्रा
-
Feature4 weeks agoआशिमाला प्लान्ट्स: प्रकृति र संस्कृतिको संगम


You must be logged in to post a comment Login