Connect with us

lifestyle

देशभर बकर इद पर्व मनाइँदै

Published

on

  • नेपाल फोटो लाइब्रेरी

आज मुस्लिम समुदायले दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) धुमधामका साथ मनाइरहेका छन्। इदुल फित्र अर्थात रमजानको ७० औँ दिन पर्ने यो पर्व इस्लामिक पात्रोअनुसार दिल हिज्जाको १० औँ दिन मनाइन्छ।

शनिबार बिहान काठमाडौँको घण्टाघरस्थित काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भई सामूहिक नमाजमा सहभागी भएका थिए। नमाजपछि एकअर्कासँग अङ्कमाल गर्दै शुभकामना साटासाट गरिएको थियो।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Auto

नेपाली सडक लक्षित गर्दै रोयल इन्फिल्डको नयाँ ‘गुरिल्ला ४५०’ सार्वजनिक

Published

on

रोयल इनफिल्डले नेपाली युवा र स्पोर्टी राइडिङ पारखीलाई लक्षित गर्दै नयाँ ‘गुरिल्ला ४५०’ मोटरसाइकल सार्वजनिक गरेको छ ।

सहरका व्यस्त सडकदेखि घुमाउरा राजमार्गसम्म सहज र शक्तिशाली अनुभव दिने दाबी गरिएको यो मोटरसाइकललाई कम्पनीले ‘अर्बन पर्फमेन्स रोडस्टार’को रूपमा प्रस्तुत गरेको हो ।

नयाँ गुरिल्ला ४५० मा ४५२ सिसी क्षमताको लिक्विड–कुल्ड ‘शेर्पा’ इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा ४० पीएस शक्ति र ५ हजार ५ सय आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ ।

कम आरपीएमबाटै उच्च टर्क उपलब्ध हुने भएकाले भीडभाडयुक्त सहर तथा लामो दूरीको यात्रामा समेत सहज परफर्मेन्स दिने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा ६–स्पिड गियरबक्स, असिस्ट तथा स्लिपर क्लच, राइड–बाइ–वायर प्रविधि र ‘स्पोर्ट’ तथा ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन् । यसले राइडरलाई आवश्यकता अनुसार फरक अनुभव दिने बताइएको छ ।

डिजाइनतर्फ गुरिल्ला ४५० लाई आधुनिक तथा मस्कुलर शैलीमा तयार गरिएको छ । एलईडी हेडलाइट, उचालिएको साइलेन्सर, स्टेप्ड सिट, ११ लिटर क्षमताको इन्धन ट्यांकी तथा १७ इन्च ट्युबलेस टायरले यसको आकर्षण थप बढाएको छ । ४३ एमएम शोवा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र मोनोशक सेटअपले खराब सडकमा समेत आरामदायी यात्रा अनुभव दिने कम्पनीले जनाएको छ ।

यसमा ४ इन्चको टीएफटी ‘ट्रिपर ड्यास’ राखिएको छ, जसमा गुगल म्याप–आधारित नेभिगेसन तथा स्मार्टफोन कनेक्टिभिटी सुविधा उपलब्ध छ । कम्पनीका अनुसार एपेक्स भेरियन्टमा थप स्पोर्टी डिजाइन तथा विशेष एक्सेसोरिज पनि समावेश गरिएको छ ।

कम्पनीले नेपालभरका आधिकारिक शोरुममार्फत गुरिल्ला ४५० को बुकिङ तथा बिक्री सुरु गरिसकेको जनाएको छ । साथै, विश्वभर रहेका ३ हजारभन्दा बढी सर्भिस सेन्टरमार्फत सेवा दिने ‘बोर्डरलेस वारेन्टी’ सुविधा पनि उपलब्ध गराइएको छ ।

Continue Reading

Feature

शहरको भीडबीच सुस्ताउने ठाउँ शंख पार्क

Published

on

काठमाडौंको धुम्बाराहीस्थित शंख पार्क राजधानीका पुराना तथा आकर्षक सार्वजनिक पार्कहरूमध्ये एक मानिन्छ ।

चक्रपथसँगै रहेको यो पार्क करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । हरियाली वातावरण, विभिन्न फूल तथा बोटबिरुवाले सजिएको पार्क शहरको व्यस्त जीवनबीच केही समय विश्राम लिन चाहनेका लागि उपयुक्त गन्तव्य बनेको छ ।

वि.सं. २०४३ सालमा तत्कालीन पञ्चायत व्यवस्थाको रजत जयन्तीको अवसरमा “पञ्चायत रजत जयन्ती पार्क” का रूपमा निर्माण गरिएको यो पार्क २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि “शंख पार्क” नामले पुनः नामाकरण गरिएको हो ।

हाल शंख पार्क केवल घुमफिर गर्ने स्थान मात्र नभई विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिको केन्द्रसमेत बनेको छ । यहाँ पिकनिक, भेटघाट, साना कार्यक्रम आयोजना गरिनुका साथै फिल्म, म्युजिक भिडियो तथा फोटोसुटका लागि पनि प्रयोग हुने गरेको छ ।

व्यस्त शहरी वातावरणको बीचमा रहेको यो पार्क बिहान–साँझ घुम्न आउने सर्वसाधारण, परिवार तथा युवापुस्ताको आकर्षणको केन्द्र बनेको देखिन्छ । हरियाली र खुला वातावरणका कारण शंख पार्क काठमाडौं महानगरभित्रको एक महत्वपूर्ण सार्वजनिक विश्रामस्थलका रूपमा परिचित छ ।

Continue Reading

Feature

फेवातालमा बैजनी बहार

Published

on

पोखराको फेवाताल किनार यतिबेला जाकाराण्काडाको बैजनी फूलले ढकमक्क बनेको छ । तालको एक छेउमा फुलेका जाकाराण्काडा र लहरै राखिएका डुङ्गाहरूले दृश्यलाई अझ मनमोहक बनाएका छन् ।

फूल, डुङ्गा र तालको संगमसँगै सुन्दर दृश्य कैद गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्ने गरेको देखिन्छ । धेरैले यहाँ फोटो तथा भिडियो बनाउन व्यस्त देखिन्छन् ।

वसन्तसँगै फुलेका जाकाराण्काडाले पोखराको सौन्दर्यलाई अझ आकर्षक बनाएको छ भने यसले पर्यटकलाई थप लोभ्याएको स्थानीय बताउँछन् ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com