Offbeat
आदिकवि भानुभक्त आचार्यको ११२ औं जन्मजयन्ती
आज आदिकवि भानुभक्त आचार्यको ११२ औं जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइएको छ।

यस अवसरमा काठमाडौंमा विशेष समारोहहरू आयोजना गरियो।

बिहानै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको थियो।
यस कार्यक्रममा सभामुख देवराज घिमिरे र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त लगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।

माल्यार्पणपश्चात् भानुभक्तको सम्झनामा प्रभातफेरि आयोजना गरियो, जसमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि उत्साहपूर्वक सहभागी भएका थिए।








Auto
अब ट्राफिक नियम तोड्न सजिलो छैन!
काठमाडौंका सडकमा ट्राफिक प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। मुख्य सडक मात्रै होइन, भित्री गल्लीसम्म ट्राफिक प्रहरीको निगरानी विस्तार भएको छ।
लेन मिच्ने, रातो बत्ती उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने वा सडक अनुशासन विपरीत सवारी चलाउने चालकलाई तत्काल कारबाही भइरहेको छ। अझ सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा समेत नियम उल्लंघन गर्ने चालकलाई कानुनी दायरामा ल्याउन थालिएको छ।
दुर्घटना बढी हुने स्थान, समय र चालकको व्यवहारको विश्लेषण गर्दै ट्राफिक प्रहरी परिचालन गरिएकाले अहिले कारबाही अझ प्रभावकारी बनेको छ। काठमाडौं उपत्यकामा दैनिक करिब १,६०० ट्राफिक प्रहरी खटिने र औसत २,५०० सवारी साधन कारबाहीमा पर्ने गरेका छन्।
अब काठमाडौंका सडकमा नियम उल्लंघन गर्दा प्रहरीको नजरबाट बच्न झन् कठिन बन्दै गएको छ।





Feature
भक्तपुरको सबैभन्दा चर्चित अधुरो भवन
भक्तपुरको मध्यपुर थिमि–राधे राधे चोकमा रहेको अग्लो र अधुरो भवन धेरै वर्षदेखि स्थानीय तथा यात्रुहरूको चासोको विषय बनेको छ।
अरनिको राजमार्गबाट सजिलै देखिने यो भवन करिब १७ तला अग्लो छ र भक्तपुर क्षेत्रकै एक प्रमुख चिनारीजस्तै बनेको छ।
सुरुमा यस भवनलाई अत्याधुनिक लक्जरी होटलका रूपमा सञ्चालन गर्ने योजना बनाइएको थियो। होटलसँगै व्यापारिक कम्प्लेक्स र कार्यालयहरू पनि राख्ने लक्ष्य थियो। धेरै मानिसले यो भवन भारतीय अभिनेता गोविन्दाको भएको भन्ने विश्वास गरे पनि त्यो सत्य होइन।

गोविन्दा एक पटक भवन अवलोकनका लागि आएका कारण यस्तो हल्ला फैलिएको हो। वास्तवमा यो परियोजना नेपाली व्यावसायिक समूह शौरभ ग्रुप तथा अन्य लगानीकर्तासँग सम्बन्धित रहेको बताइन्छ।
निर्माण कार्य सन् २०१७ तिरबाट रोकिएको मानिन्छ। विदेशी लगानी, लगानीकर्ताबीचको विवाद, कानुनी प्रक्रिया तथा आर्थिक व्यवस्थापनका समस्या जस्ता कारणले काम अघि बढ्न नसकेको बताइन्छ।
साथै, यति ठूलो संरचना निर्माण गर्दा आवश्यक पर्ने केही प्राविधिक तथा प्रशासनिक प्रक्रियाले पनि परियोजना प्रभावित भएको चर्चा छ।
वर्षौंदेखि अधुरो अवस्थामा रहेको यो भवनको सुरक्षाबारे पनि चिन्ता व्यक्त हुँदै आएको छ। झ्याल–ढोका नलागेको र खुला अवस्थामा रहेको संरचना घाम, पानी र मौसमको असरमा परिरहेको छ।
स्थानीयवासी तथा प्राविधिकहरूका अनुसार यसको नियमित परीक्षण र उचित व्यवस्थापन आवश्यक छ। सांस्कृतिक सम्पदाले चिनिएको भक्तपुरमा यो अधुरो भवन अहिले पनि रहस्य र चासोको विषय बनेको छ।
entertainment
गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनले लिए शपथ
गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा दुई जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।
सुधन यसअघि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोतमाथि विवाद हुँदा उनीमाथि छानबिन भएको थियो। उनी गोरखा १ बाट निर्वाचित सांसद हुन्।
महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका थिए।





-
Art2 weeks agoरंगमञ्चमा स्यालसिंह
-
entertainment4 weeks agoजावलाखेल पुग्यो रातो मच्छिन्द्रनाथको रथ
-
entertainment4 weeks agoबाह्रमासे घाटु
-
entertainment4 weeks agoनेपाल प्राइड परेड
-
Auto4 weeks agoसल्लाघारीमा अफरोडको रोमाञ्च: पहिलो पटक एक्सपल्स २१० को टेस्ट राइड
-
Auto3 weeks agoनेपालमा सार्वजनिक भयो नयाँ टिभीएस एन्ट्रोक १२५ रेस एक्सपी ब्लेज ब्लु
-
entertainment1 week agoकमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार
-
entertainment4 weeks agoमगर समुदायले मनाए भूम्या पर्व


You must be logged in to post a comment Login