Connect with us

Feature

पहिलो तमू फोटो प्रतियोगिता सम्पन्न

Published

on

काठमाडौं — तमू ल्होसार २०८२ को अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंको समन्वयमा पहिलो तमू फोटो प्रतियोगिता आयोजना गरेको छ।

आईटीसीका महासचिव अधिवक्ता राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईटीसीकी सचिव रुपा गुरुङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ, तमू ल्होसार मूल आयोजक समिति २०८२ का अध्यक्ष धर्मराज राजु गुरुङलगायतको उपस्थिति थियो।

प्रतियोगितामा गुरुङ समुदायका फोटो पत्रकारहरूले विभिन्न गुरुङ बस्तीमा खिचेका १६८ फोटो सहभागी गराएका थिए। तीमध्ये गुरुङ संस्कृति, परम्परा र रीतिरिवाज झल्किने २५ फोटो छनोट गरी प्रदर्शनीमा राखिएको थियो।

प्रदर्शित फोटोमध्ये उत्कृष्ट पाँच फोटो चयन गरी प्रथम, द्वितीय, तृतीय र दुई सान्त्वना पुरस्कार प्रदान गरिएको हो। प्रतियोगितामा राम गुरुङ प्रथम, युनिश गुरुङ द्वितीय र आश गुरुङ तृतीय भए। सान्त्वना पुरस्कार नवीनबाबु गुरुङ र सुजन गुरुङले प्राप्त गरेका छन्।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार विजेतालाई जनही तीन–तीन हजार रुपैयाँ प्रदान गरिएको थियो। पुरस्कार वितरण तमू ल्होसार महोत्सवअन्तर्गत पुस १४ गते काठमाडौंको टुँडिखेलमा गरिएको छ।

संस्थागत रूपमा पहिलो पटक आयोजना गरिएको यो फोटो प्रतियोगिता ऐतिहासिक र अर्थपूर्ण भएको आयोजकले बताएका छन्। फोटो प्रदर्शनीमार्फत तमू (गुरुङ) समुदायको संस्कृति, जीवनशैली र पहिचानलाई उजागर गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङले बताए।

अन्तर्राष्ट्रिय तमू काउन्सिलले आगामी दिनमा थप विधा समेट्दै अझ बृहत् फोटो प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६

Published

on

दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी छन्। ललितपुरस्थित द प्लाजा पुल्चोकमा शनिबार आयोजित ग्रान्ड फिनालेमा उनले मिस नेपाल २०२६ को मुख्य उपाधि जितेकी हुन्।

यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेशनल २०२६ र कशिश सुब्बा मिस नेपाल कोस्मो २०२६ घोषित भए। विजेताहरूले अब सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

यस वर्षको प्रतियोगितामा देशभरबाट छनोट भएका प्रतिस्पर्धीहरूबीच विभिन्न चरणको प्रतिस्पर्धापछि विजेताको घोषणा गरिएको हो।

Continue Reading

entertainment

काठमाडौँको ऐतिहासिक र आधुनिक पहिचान दरबारमार्ग

Published

on

काठमाडौँको केन्द्रभागमा अवस्थित नारायणहिटी दरबार सङ्ग्रहालयदरबारमार्ग राजधानीका ऐतिहासिक, सांस्कृतिक तथा आधुनिक जीवनशैली झल्काउने प्रमुख क्षेत्र हुन्।

ड्रोनबाट कैद गरिएको ३६० डिग्री एरियल दृश्यमा नारायणहिटी दरबार सङ्ग्रहालय, दरबारमार्ग, वरपरका व्यावसायिक भवन, हरियाली र व्यवस्थित सहरी संरचना स्पष्ट रूपमा देख्न सकिन्छ।

तत्कालीन राजपरिवारको मुख्य निवास रहेको नारायणहिटी दरबार २०६५ सालमा गणतन्त्र स्थापना भएपछि सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो।

हाल यहाँ दरबारका विभिन्न कक्ष, ऐतिहासिक सामग्री तथा राजसंस्थासँग सम्बन्धित वस्तुहरू सर्वसाधारणका लागि खुला छन्, जसले स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालको राजनीतिक इतिहाससँग परिचित गराउँदै आएको छ।

दरबार सङ्ग्रहालयसँगै रहेको दरबारमार्ग राजधानीको प्रमुख व्यापारिक र पर्यटकीय क्षेत्र हो। यहाँ पाँचतारे होटल, अन्तर्राष्ट्रिय ब्रान्डका शोरुम, रेस्टुरेन्ट, क्याफे तथा विभिन्न व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन्।

दिनभरि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल रहने यो क्षेत्र काठमाडौँको आधुनिक जीवनशैलीको प्रतिनिधि मानिन्छ।

ऐतिहासिक सम्पदा र आधुनिक पूर्वाधारको सुन्दर संगम प्रस्तुत गर्ने यो ३६०° एरियल दृश्यले काठमाडौँलाई नयाँ दृष्टिकोणबाट नियाल्ने अवसर प्रदान गर्दछ।

Continue Reading

Feature

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

Published

on

नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ।

आइतबार आयोजित विशेष समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे।

त्यसपछि उहाँहरूले सुरुङभित्र गाडी चलाएर पहिलो सवारी आवागमनको शुभारम्भ पनि गरेको थियो ।

करिब २ हजार ६८८ मिटर लामो यो सुरुङमार्ग केही दिनभित्र सर्वसाधारणका लागि खुला हुनेछ। प्रारम्भिक परीक्षण अवधिभर भने कुनै पनि टोल शुल्क लाग्ने छैन।

नियमित सञ्चालनपछि कार र भ्यानले रु. ६० देखि ६५, मिनीबस तथा साना ट्रकले रु. ८० देखि ११५, र ठूला बस तथा ट्रकले रु. २०० देखि २६० सम्म तिर्नुपर्नेछ।

तर पैदलयात्री, मोटरसाइकल र तीनपाङ्ग्रे सवारीलाई भने सुरुङमार्गमा प्रवेश अनुमति हुनेछैन।

सिलान्यास भएको सात बर्ष पछि सुरुंगमार्ग संचालनमा आएको छ।

DCIM\108MEDIA\DJI_0951.JPG

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com