Feature
घाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
न्युयोर्क –
तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ।
न्युयोर्कको लङ आइल्याण्ड सिटीस्थित फाइभ स्टार बैंक्वेट हलमा आयोजित कार्यक्रममा तमु समुदायका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तमु परिवार न्युयोर्क इन्क.का अध्यक्ष श्री बिन प्रसाद घलेको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका माननीय महावाणिज्यदूत श्री दधि राम भण्डारी (नेपाली महावाणिज्यदूतावास, न्युयोर्क) तथा विशेष अतिथिका रूपमा Assembly Member Steven Raga (District 30) उपस्थित रहनुभएको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन सचिव श्री देब गुरुङले गर्नुभएको थियो।
स्वागत मन्तव्य सल्लाहकार श्री चित्र बहादुर गुरुङ (चित्र कोने तमु) ले राख्नुभयो भने कार्यक्रमको उद्देश्य र जानकारी निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्रीमती मनिता देवी गुरुङले प्रस्तुत गर्नुभयो।
शुभकामना मन्तव्य बाल्टिमोर गुरुङ तमु समाज इन्क.का संस्थापक सल्लाहकार एवं एनआरएनए एनसीसी मेरील्याण्ड च्याप्टरका अध्यक्ष श्री कुल गुरुङ, एनआरएनए एनसीसी न्युयोर्क च्याप्टरका अध्यक्ष श्री दण्डपानी लामिछाने (बासु) तथा विशेष अतिथि Steven Raga ले दिनुभएको थियो।

प्रमुख अतिथि श्री भण्डारीले तमु समुदायले विदेशमा रहेर पनि संस्कृति संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। सभाध्यक्ष श्री घलेको मन्तव्यसहित औपचारिक कार्यक्रम समापन भयो।
सांस्कृतिक प्रस्तुतिअन्तर्गत घाँटु नृत्य र कृष्ण चरित्र नृत्य प्रत्यक्ष रूपमा प्रस्तुत गरियो। घाँटु नृत्यमा सल्लाहकार लाल बहादुर गुरुङ (घाँटु गुरु), संस्थापक घाँटु गुरुस्यो चिनु घले, घाँटु सरी श्वेता गुरुङ र शुष्मा गुरुङ सहभागी थिए। निर्देशन तथा बाध्यवादनमा भूपेन्द्र गुरुङसहित कलाकारहरूको टोली थियो। कृष्ण चरित्र नृत्यमा पनि गुरुङ समुदायका कलाकारहरूले जीवन्त प्रस्तुति दिए।

यसका अतिरिक्त ङोल्स्यो मास्यो जी, लोकप्रिय गीतहरूको संगालो, न्याउली, लोक दोहोरी तथा गुरुङ मौलिक गीत र नृत्य प्रस्तुत गरियो।
ख्यातिप्राप्त गायिका ज्योति गुरुङ र गायक मनित गुरुङको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो।

तमु परिवार न्युयोर्क इन्कले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, सल्लाहकार, स्वयंसेवक तथा सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएको छ।



.







Feature
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन
नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ।
आइतबार आयोजित विशेष समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे।
त्यसपछि उहाँहरूले सुरुङभित्र गाडी चलाएर पहिलो सवारी आवागमनको शुभारम्भ पनि गरेको थियो ।
करिब २ हजार ६८८ मिटर लामो यो सुरुङमार्ग केही दिनभित्र सर्वसाधारणका लागि खुला हुनेछ। प्रारम्भिक परीक्षण अवधिभर भने कुनै पनि टोल शुल्क लाग्ने छैन।
नियमित सञ्चालनपछि कार र भ्यानले रु. ६० देखि ६५, मिनीबस तथा साना ट्रकले रु. ८० देखि ११५, र ठूला बस तथा ट्रकले रु. २०० देखि २६० सम्म तिर्नुपर्नेछ।
तर पैदलयात्री, मोटरसाइकल र तीनपाङ्ग्रे सवारीलाई भने सुरुङमार्गमा प्रवेश अनुमति हुनेछैन।
सिलान्यास भएको सात बर्ष पछि सुरुंगमार्ग संचालनमा आएको छ।









entertainment
निर्माणको अन्तिम चरणमा पेप्सीकोला फुटबल ग्राउण्ड
काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल ग्राउण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ।
११ ‘ए’ साइडको कृत्रिम घाँसे मैदानमा कार्पेट बिछ्याउने काम पूरा भइसकेको छ भने अब बालुवा भर्ने र अन्तिम फिनिसिङको काम बाँकी छ।
महानगरपालिकाका अनुसार अब करिब दुई महिनाभित्र सम्पूर्ण निर्माण सम्पन्न हुनेछ। कृत्रिम घाँसलाई टिकाउ बनाउने, पानी जम्न नदिने र खेलाडीलाई सुरक्षित रूपमा खेल्न मिल्ने वातावरण तयार गर्न बालुवा हालिनेछ।
साथै वर्षाको पानी सहज निकासका लागि ड्रेनेज प्रणाली र मैदान वरिपरि फुट ट्रयाक पनि निर्माण भइरहेको छ।
धुलाम्मे र अव्यवस्थित रहेको यस मैदान आधुनिक सुविधासहितको खेल मैदानमा रूपान्तरण हुँदैछ।
निर्माण सम्पन्न भएपछि स्थानीय खेलाडी, क्लब र फुटबल प्रतियोगिताका लागि यो मैदान महत्वपूर्ण पूर्वाधार बन्ने अपेक्षा गरिएको छ।
पेप्सीकोलासहित काठमाडौँका विभिन्न स्थानमा यस्तै कृत्रिम घाँसे फुटबल मैदान निर्माण गर्ने महानगरपालिकाको योजना पनि अन्तिम चरणतर्फ अघि बढिरहेको छ।









entertainment
घारी बनेको चक्रपथ
चक्रपथ दोस्रो खण्ड विस्तार ढिलाई हुँदा अधिकांश ठाउँमा घारी बनेको देखिन्छ।
वर्षौंदेखि रोकिएको यो चक्रपथको दोस्रो खण्डमा अहिले —कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार अब चिन सरकारको सहयोगमा अघि बढ्ने भएको छ।
८.२ किलोमिटर लामो यस खण्डमा चिन सरकारको सहयोगमा सडक र पुल निर्माण हुने भएको हो।
यो परियोजाको लागी चीन सरकारले करिब ११ अर्ब रूपैयाँ अनुदान दिने भएको छ।
यो परियोजना नयाँ भने होइन। सम्झौता त २०७५ सालमै पनिभइसकेको थियो।
त्यसयता कहिले कोरोना महामारी त कहिले साइट क्लियर नभएको बहानामा चिनियाँ पक्षले काम अघि बढाएन।
२०७९ पुसमा साइट निरीक्षण गर्न आएको चिनियाँ टोलीले पनि वरपरका मन्दिर नहटाई काम नगर्ने अडान राख्दै फर्किएको थियो।
यता सडक विभागले भने आफ्नो दायित्व पूरा गरिसकेको छ—तीन वर्षअघि नै दायाँबायाँका संरचना हटाइसकिएको छ, र सर्भिस लेन तथा ढल निकासको काम पनि आंशिक रूपमा गरिएको छ।
तर पटक–पटकको ताकेता बेवास्ता गर्दै चिनियाँ पक्ष आएन, र खाली राखिएको जग्गामा अहिले बर्खायामको झाडी उम्रिसकेको छ।
अब सम्झौता नवीकरण भएसँगै काम वास्तवमै सुरू हुन्छ कि फेरि अलपत्र बस्छ, हेर्न बाँकी छ।




-
Art4 weeks agoरंगमञ्चमा स्यालसिंह
-
entertainment3 weeks agoकमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार
-
entertainment3 weeks agoलोभलाग्दो माइतीघर–बानेश्वर खण्ड
-
entertainment3 weeks agoपरम्परागत बत्तीले झिलिमिली बन्यो न्युरोड
-
entertainment4 weeks agoबत्ती जडानपछि यस्तो देखियो न्युरोड
-
Auto3 weeks agoअब ट्राफिक नियम तोड्न सजिलो छैन!
-
entertainment2 weeks agoपोखराको पुरानो विमानस्थल
-
entertainment5 days ago‘केसामी–नाम्सामी’ नाटकको पोस्टर र प्रदर्शन मिति सार्वजनिक


You must be logged in to post a comment Login