Offbeat
कराते महासंघको तमुधीं युकेलाई विशेष सम्मान
नेपाल कराते महासंघले बेलायतस्थित सामाजिक संस्था तमुधीं युकेलाई विशेष ‘कदर-पत्र’ सहित सम्मान गरेको छ।
विदेशी भूमिमा रहेर पनि नेपाली खेलकुदको विकास, प्रवद्र्धन र संकटका बेला पुर्याएको निरन्तर सहयोगको उच्च मूल्याङ्कन गर्दै महासंघले उक्त सम्मान व्यक्त गरेको हो।
महासंघले हालै टर्कीको इस्तानबुलमा सम्पन्न ‘कराते वान प्रिमियर लिग’ मा ऐतिहासिक रजत पदक जित्न सफल खेलाडी एरिका गुरुङको उपलब्धिप्रति खुशी व्यक्त गरेको छ।
विश्वका शीर्ष वरीयताका खेलाडीहरू सहभागी हुने यस प्रतिष्ठित प्रतियोगितामा पदक जित्नु नेपाली कराते इतिहासकै ठूलो उपलब्धि मानिएको छ।
यससँगै युकेमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरू प्रज्वलसन यामातो श्रेष्ठ र नेली जोशी, तथा प्रशिक्षकहरू कुशल श्रेष्ठ र तारा गुरुङलाई तमुधीं युकेले विशेष सम्मान कार्यक्रम आयोजना गरी हौसला प्रदान गरेको कार्यलाई समेत महासंघले ‘अत्यन्त सराहनीय’ भनेको छ।
यस्तै नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र संस्थापक अध्यक्ष तथा महासचिव दावा गुरुङद्वारा हस्ताक्षरित उक्त कदर-पत्रमा भनिएको छ: “विदेशी भूमिमा रहनु भई पनि नेपाल र नेपालीलाई हरेक दुःख-सुखमा साथ दिँदै आउनुभएको र नेपाली खेलकुदको विकासमा सदैव अग्रपङ्क्तिमा रही सहयोग गर्ने संस्था तमुधीं युके प्रति हार्दिक सम्मान व्यक्त गर्दछौं।”
महासंघले भविष्यमा पनि नेपाली खेलकुद र खेलाडीका लागि तमुधीं युकेबाट यस्तै माया र सहयोगको अपेक्षा राखेको छ।








Feature
काठमाडौकै आकर्षक बाटो (तस्विरहरु)
नारायणगोपाल चोकदेखि चप्पल कारखाना खण्ड अहिले निकै आकर्षक बनेको छ।
नेपाल सरकारकै लगानीमा बनेको ७०० मिटर लामो यो ८ लेन सडकमा जेब्रा क्रसिङ्ग, लेन मार्किङ र कालोपत्रे काम पूरा भएपछि सडक निकै आकर्षक देखिएको हो।
चीनले कलंकीदेखि बसुन्धारासम्म मात्रै चक्रपथ विस्तार गर्ने भएपछि यो भाग नेपाल सरकारले आफैं निर्माण गरेको हो। सडकको डिजाइन सडक डिभिजन काठमाडौंले तयार गरेको बताइएको छ।
अब महाराजगञ्जदेखि गोपीकृष्ण पुलसम्म विस्तार गर्ने तयारी भइरहेको छ।






entertainment
श्रद्धापूर्वक मनाइयो बरसाइत पर्व
पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो पर्व विशेषगरी विवाहित महिलाका लागि महत्वपूर्ण मानिन्छ।
बरसाइत पर्वमा नवविवाहिता महिलाले बिहेपछि आउने पहिलो पर्व अनिवार्य रूपमा श्रीमान्को घरमै मनाउने परम्परा रहेको छ। पर्वको अघिल्लो दिन नुहाइधुवाइ गरी सात्विक भोजन गर्ने चलन छ भने माइतीबाट लुगा, चुरा, सिन्दूर लगायतका शृङ्गार सामग्री पठाइने गरिन्छ।
आज बिहानैदेखि महिलाहरू रातो, पहेँलो र विभिन्न रंगका परम्परागत पहिरनमा सजिएर नजिकैको वर (बर) रुखमुनि पूजा गर्न पुगेका छन्। वर र पीपल दुवैको उपस्थितिलाई शुभ मानिने भएकाले सम्भव भएसम्म दुवै रुखसँगै पूजा गरिन्छ।
पूजाका क्रममा अंकुरी, फलफूल, नरिवल लगायतका प्रसाद वरको जरामा चढाइन्छ। महिलाहरूले सिन्दूरले वरको रुख सजाउँदै रातो र पहेँलो धागोले सात पटक बेर्ने परम्परा पनि निभाएका छन्। पति–पत्नीले सँगै परिक्रमा गर्ने र जल चढाउने चलनले दाम्पत्य सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ।
धार्मिक मान्यताअनुसार सावित्रीले आफ्नो पतिलाई मृत्युबाट बचाएको कथासँग यो पर्व जोडिएको छ। त्यसैले महिलाहरू दिनभर उपवास बसेर परिवारको सुख, शान्ति र पतिको दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक बरसाइत पर्व मनाउने गर्छन्।






Offbeat
बबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
काठमाडौंको बबरमहल क्षेत्र यतिबेला कला, संस्कृति र सम्पदाको खुला संग्रहालयजस्तै बनेको छ। सडकछेउको लामो सार्वजनिक पर्खालमा कोरिएका रंगीन चित्रहरूले राजधानीको पुरानो इतिहास, नेवारी सभ्यता र धार्मिक सम्पदालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
काठमाडौं महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको यो भित्ते कला अहिले सर्वसाधारणको आकर्षणको केन्द्र बनेको छ। सहरको व्यस्त वातावरणबीच यी चित्रहरूले काठमाडौंको मौलिक पहिचानलाई कलात्मक ढंगले सम्झाइरहेका छन्।
महानगरपालिकाले सार्वजनिक पर्खाललाई केवल खाली संरचना नभई संस्कृति बोल्ने माध्यम बनाउने उद्देश्यसहित पुरातात्विक महत्त्वका मूर्त तथा अमूर्त सम्पदाको चित्रणीकरण गरेको जनाएको छ। यसले एकातिर सहरको सौन्दर्य बढाएको छ भने अर्कोतर्फ नयाँ पुस्तालाई काठमाडौंको इतिहास र सभ्यताबारे जानकारी दिने काम पनि गरिरहेको छ।
भित्तामा कोरिएका चित्रहरूमा काठमाडौंको नेवारी संस्कृति स्पष्ट झल्किन्छ। परम्परागत वेशभूषा, सांस्कृतिक झाँकी, धार्मिक आस्था र ऐतिहासिक सम्पदाका दृश्यहरूले पुरानो काठमाडौंलाई सम्झाइदिन्छन्। त्यस्तै काष्ठमण्डप, स्वयम्भू महाचैत्य तथा काठमाडौं उपत्यकासँग जोडिएको मञ्जुश्रीको कथा पनि चित्रमार्फत प्रस्तुत गरिएको छ।
रंग, रेखा र शैलीको संयोजनले ती चित्रहरूलाई अझ जीवन्त बनाएको छ। सडकबाट हिँड्ने मानिसहरू केहीबेर रोकिएर ती कला नियालिरहेका देखिन्छन् भने धेरैले तस्वीर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा साझा गर्ने गरेका छन्।
यो कलात्मक अभियानमा प्रतिष्ठानका कलाकारहरू डि.बी. भण्डारी, विक्रम तामाङ, जीवन तामाङ, रसिक राज, सामर्थ थापा, भरत भण्डारी, सि.के. चौधरी, विक्कु कुमार थापा तथा आयुष बज्राचार्यलगायतको योगदान रहेको छ। कलाकारहरूको मेहनतले सामान्य पर्खाललाई काठमाडौंको इतिहास बोल्ने क्यानभासमा रूपान्तरण गरेको छ।
सहरका पर्खालमा यस्ता सांस्कृतिक चित्रहरू कोरिन थालेपछि काठमाडौं झन् कलात्मक र जीवन्त बन्दै गएको अनुभूति गर्न सकिन्छ। आधुनिक सहरको भीडभाडबीच यस्ता सिर्जनाले राजधानीलाई आफ्नो मौलिकता सम्झाइरहेका छन्।










-
entertainment3 weeks agoहङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’
-
entertainment3 weeks agoवर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
-
Offbeat2 weeks agoबबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
-
entertainment4 weeks agoफरक खालको नाटक ग्राण्ड रिहर्सल
-
entertainment2 days agoबौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
-
Auto3 weeks agoपल्सर एनएस ४०० जेड अब ३४९ सीसी इन्जिनमा
-
Auto4 weeks agoनेपाली सडकमा रोयल इन्फिल्ड ‘गोवन क्लासिक ३५०’ को आगमन (तस्विरहरु)
-
Feature2 weeks agoपर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान


You must be logged in to post a comment Login